साँखु लप्सीफेदीमा बस दुर्घटना तीन जनाको मृत्यु

647

कार्तिक १४,
काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका ३ मा बस दुर्घटना हुदाँ तीन जनाको मृत्यु भएको छ । लप्सीफेदीमा सिन्धुपाल्चोकको मेलम्चिबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो । बा ५ ख ५०७० नम्बरको बस दुर्घटना हुँदा २० जनाभन्दा बढी घाइते भएका छन् ।
प्रहरीका अनुसार आमा ह्योल्मो यातायातको बस दुर्घटनामा परेको हो । घाइते सबैको उद्धार गरिएको जनाइएको छ । बस दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ