हर्षोल्लासपूर्वक तिहार मनाइँदै

155

गोरखापत्र दैनिक
कार्तिक १०, काठमाडौँ । योपटक तिथिको घटबढले तिहारका पर्वहरू एकआपसमा केही खप्टिएका छन् भने भाइटीका पनि विशेष प्रकारको छ । त्यसै भएर नेवार समुदायको साविक भाइटीका भोलिपल्ट असोज १३ गते परेको छ । शनिबार नै चतुर पक्षी कागको पूजा गरेपछि तिहार सुरु भयो । कात्तिक कृष्ण औँसीको साँझ धनधान्यकी देवी लक्ष्मीको दीपावलीसाथ आराधना गरेर आइतबार लक्ष्मीपूजा गरिँदैछ । साँझ घाम अस्ताएको दुई घन्टा २४ मिनेट समयको हाराहारीको स्थिरलग्नमा व्यापारीले लक्ष्मीपूजा गर्दा लक्ष्मी सो स्थानमा स्थिर रहन्छिन् भन्ने छ ।
ज्योतिषी डा। सुनिल सिटौलाका अनुसार स्थिर लग्न आइतबार साँझ ६ः३० देखि ८ः३० बजेसम्म रहेको छ । यो बेला वृषलग्न पनि परेकाले लक्ष्मीको पूजा गर्दा लक्ष्मी स्थिर रहने योग रहेको उहाँ बताउनुहुन्छ । घरको कुनाकन्दरा, अटालिका, बुइँगल कोठा सफा गरेर भकारी सफा गरी लक्ष्मी पूजा गर्ने प्रचलन यहाँ छ । विशाल बजारको महालक्ष्मी, लगनखेलको महालक्ष्मी स्थानलगायत मुलुकका सबै लक्ष्मी मन्दिरमा यो दिन पूजा अर्चना हुन्छ ।
यसै दिन बिहान ११ः५५ बजेसम्म चतुर्दशी तिथि रहेकाले यो समयअगावै झिसमिसेमा यमराजको द्वारपालका रूपमा पूज्य कुकुरको पूजा गरेर कुकुर तिहार मनाइँदैछ । नरक चतुर्दशी भनिने यो बेला अपमार्गको जरासहितको बोटलाई टाउकोमा तीन फन्का घुमाएर नदी तलाउमा नरक बगाउने प्रचलन पनि छ ।
नरकासुर नामक राक्षसको बध श्रीकृष्णले गरेको दिनका रूपमा नरक चतुर्दशी मनाइएको ज्योतिषी शशी भारद्वाज ९पशुपति० बताउनुहुन्छ । यो समयपछि साँझ औँसी सुरु भएकाले औँसीको रात लक्ष्मीको पूजा गर्ने र दीपावलीसमेत गर्दा उत्तम हुने उहाँ बताउनुहुन्छ ।
तराईमा काली चौदशको नाममा छोटी दीपावली भन्दै महाकालीको पूजा गर्ने प्रचलन पनि रहेको छ । जनैपूिर्णमाको दिन नाडीमा बाँधिएको डोरो गाईको पुच्छरमा बाँध्दा मृत्युपछि सोझै वैतरणी नदी पार हुन्छ भनेर यस दिन डोरो फुकाउने चलन छ ।