दुर्गेश थापाले बियर कम्पनिसंग लाखौं लिएर ‘ह्याप्पी तिहार चिसो बियर’ गीत गाएको आंशका

372

कार्तिक ५,
काठमाडौं । दुर्गेश थापा धेरै गीत गाएपनि खासै चर्चा थिएन् । तर यो वर्ष तीजमा उनले गाएको् बिच बिचमा गीत चर्चित भयो । युटुवमा धेरै हेरियो पनि । तर
उनको ‘ह्याप्पी तिहार’ बोलको तिहार गीतले संस्कृति विसंगती फैलाएको भन्दै विवादित भएको थियो । चर्को विवादपछि गायक थापालाई प्रहरीले नियन्त्रणमा लिएका छन् । हालै यो गीत युट्यबबाट हटाइएको छ ।

यो गीतले लागुऔषधलाई प्रोत्साहन गर्नुका साथै बालबालिकालाई प्रयोग गरेको अभियोगमा मंगलबार थापालाई नियन्त्रणमा लिइएको हो । महानगरीय अपराध महाशाखाले यो गीत युट्यबबाट हटाएपनि केहि छानबिन रहेको जानकारी गराएको छ । यो गीत दुर्गेश थापाको अफिसियल च्यानलबाट हटिसकेपनि दर्शकश्रोताले आफ्नो निजी च्यानलबाट अपलोड गरिरहेका छन् ।

थापाको यो गीत भन्दा अगाडी फिल्म ‘छ माया छपक्कै’को प्रमोशन गीत पनि विवादमा तानिएको थियो । पछिल्लो गायक थापालाई पक्राउ गरेर प्रहरीले दुई घण्टापछि छोडेको छ ।
तर थापाले नेपालमा खासै नचलेको एक बियर कम्पनिसंग लाखौं लिएर प्रचार गरेको हुने सक्ने संगीतकर्मीको अनुमान छ ।