कार्तिक ५,
काठमाडौं । दिपावलीको अवसर पारेर कार्तिक ८ गतेबाट प्रदर्शन गर्न लागिएको फिल्म ‘पोई पर्यो काले’ सेन्सर पास भएको छ । यो फिल्मले सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट हासिल गरेको छ । अब, यो फिल्मलाई सबै वर्ग र सबै उमेरका दर्शकले हेर्न सक्नेछन् ।मानिसको बाहिरी रुप भन्दा भित्री मन सफा हुन पर्छ भन्ने कथा बोल्ने फिल्ममा सौगात मल्ल, पुजा शर्मा, आकाश श्रेष्ठ, श्रृष्टी श्रेष्ठ, सुरक्षा पन्त, किरण नेपाली, श्रृष्टी खड्का, शिशिर राणा, राजाराम पौडेल, विनोद खतिवडा, श्याम राई, गोपाल ढकाल, राजेन्द्र नेपाली लगायत कलाकारको अभिनय रहेको छ ।