चिनियाँ राष्ट्रपति सीलाई विमानस्थलमा राष्ट्रपति भण्डारीले गरिन स्वागत

69

असोज २५,
काठमाडौं । नेपालको दुई दिने राजकीय भ्रमणका लागि शनिबार अपरान्ह काठमाडौं आइपुगेका चिनियाँ राष्ट्रपति सी चिनफिङलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेकी छन्। २३ वर्षपछि चीनका राष्ट्रपतिको नेपाल भ्रमण भएको हो।

राष्ट्रपति भण्डारीले त्रिभुवन विमानस्थलमा पुगेर समकक्षी सिलाई स्वागत गरेकी हुन्। सी को स्वागतको लागि प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेना, मन्त्रीहरू पनि विमानस्थल पुगेका छन्।

राष्ट्रपति सीलाई नेपाली सेनाले विमानस्थलमै गार्ड अफ अनर दिएको छ।

राष्ट्रपति सी विमानस्थलबाट सोझै होटल सोल्टी जानेछन्।