सिन्धुपाल्चोकमा बस दुर्घटना ५ जनाको मृत्यु

264

असोज २४, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँ पालिकामा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । सो गाउँ पालिकाको वडा नम्बर १०मा शुक्रबार बिहान भएको बस दुर्घटनामा ५ जनाको घटनास्थलमा नै मृत्यु भएको वडा अध्यक्ष जीवन कुमार थापा मगरले जानकारी दिएका छन् । सिपाटारबाट काठमाडौ जादै गरेको बा २ ख २७१५ नम्बरको बस सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ। घाइतेहरुको हेलिकप्टर र एम्बुलेन्स मार्फत उद्दार भइरहेको वडा अध्यक्ष थापा मगरले बताए । घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल र स्थानीय स्वास्थ केन्द्रहरुमा पठाइएको समेत उनले जानकारी दिए । यश बारेमा थप विवरण आउन बाकी छ ।