आजको मौसम : दिउँसोपख मेघ गर्जनसहित पानी पर्न सक्‍ने

127

असोज २२,
काठमाडौं । आज देशका केही स्थानमा दिउँसोपख मेघ गर्जनसहित पानी पर्ने भएको छ । पुर्व, मध्य र पश्चिमका एक दुइ स्थानमा मेघ गर्जनसहित पानी पर्ने जल तथा मौसम विज्ञान विभागको पुर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो पख यि स्थानको मौसम आंशिकदेखि सामान्य बदली भइ हल्कादेखि मध्यम खालको पानी पर्ने महाशाखाकी मौसमबीद् गंगा नगरकोटीले जानकारी दिए। काठमाडौं उपत्यकामा पनि बुधबार साँझ पख मेघ गर्जनसहित पानी पर्ने संभावना रहेको उनले बताउनुभयो । मनसुनी गतिविधि सकिनुपर्ने समय भएपनि यस बर्ष भने ढिलोसम्म सक्रिय भइरहेको छ । जलबायु परिर्वतन, बंगालको जलबाष्पयुक्त हावा, अरव सागरबाट आएको बायु र भारतमा रहेको मनसुन न्युनचापिय रेखा नेपालतर्फ सरेका कारण मनसुनी गतिविधी सकृय भइरहेको महाशाखाले जनाएको छ।