बालविवाह गर्ने र गराउने पण्डितसहित ७ जना पक्राउ

64

नेपाल समाचारपत्र
असोज १७, सल्यान । सल्यानमा बालविवाह गर्ने र गराउने पण्डितसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको सिद्धकुमाख गाउँपालीका वडा नम्बर ४ मा वालविवाह हुदै छ भन्ने गोप्य सुचनाका आधारमा १९ बर्षीय बेहुला र १९ बर्ष कै बेहुलीलाई बिहिबार दिउसो जिल्ला प्रहरी कार्यलय सल्यानबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो । यस्तै वालविवाह गराउने ४१ बर्षीय बेहुलाका बुवा लोक बहादुर बोहरा, ३६ बर्षिय आमा माया बोहरा, बेहुलीका बुवा ४२ बर्षिय रत्न बहादुर रावत, ४० बर्षिय आमा कलौटी रावत र पण्डित जाजरकोट कुसे गाउँपालीका वडा नम्बर ९ घर भैइ हाल सिद्धकुमाख गाउँपालीका वडा नम्बर ४ बस्ने नबिन आचार्यसहित ७ जनालाई पक्राउ गरिएको प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिए ।

उमेर नपुगी उनिहरुबिच विवाह गराईरहेको भन्ने गोप्य सुचनाका आधारमा बिहिबार उनिहरुलाई पक्राउ गरिएको उनले बताए । पक्राउ परेकाहरु विरुद्ध जिल्ला अदालत सल्यानमा बाल विवाह कसुरमा मुद्धा दर्ता गरी म्याद थप गरेर आबश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । दश वर्षदेखि १४ वर्ष नपुगेको बालबालिकाको विवाह गरेको हकमा तीन महिनादेखि एक वर्षसम्म कैद र रु पाँच हजार जरिवाना वा दुवै सजाय हुने उल्लेख गरिएको छ ।