असोज १५,
भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले नेपाल मजदुर किसान पार्टीले भक्तपुर नगरपालिकामा करोडौं भ्रष्ट्रचार गरेको आरोप लगाएका छन् । नेकपा चाँगुनारायण नगरपालिका वडा नं. ६ तेलकोटको आयोजनामा भएको विजया दशमी, शुभ दिपावली, नेपाल सम्वत् ११४०, छठ पर्वहरुको शुभकामना तथा चियापान कार्यक्रममा बोल्दै सांसद बस्नेतले भने ख्वप कलेज चलाएका छौं भन्दै नेमकिपाका नेताहरु भ्रष्टचार गरिरहेका छन् । चाँगुनारायण नगरपालिकामा सम्पदा वस्ती संरक्षण भनेर डेढ अर्व र भक्तपुर नगरपालिकामा डेढ अर्वभन्दा बढी रकम वर्तमान सरकारले उपलब्ध गराएको समेत सांसद बस्नेतले जानकारी दिए ।
५ लाखसम्मका साना योजना बनाउने र उपभक्तोता समितिका नामबाट कार्यक्रता पोस्ने काममा नेमकिपाका नेताहरु सक्रिए भएको उनले बताए । हेरक वर्ष सडकमा इटा राख्ने काममात्र गरेर भक्तपुर नगरका जनताबाट उठाएको करको सदुपयोग गर्नु भन्दा नेमकिपाका नेताहरु कार्यक्रर्ता संरक्षणमा लागेको आरेप सांसद बस्नेतको छ । कार्यक्रममा बोल्दै उनले भने यदि अख्तियारमा उजुरीदिने हो भने नेमकिपाका नारायणमान बिजुक्छे बाहेका सबै नेता जेल जान्छन् ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा)ले गरेको काम जनता सामु घाम जस्तै छर्लङ्ग रहेको बताउँदै प्रमुख प्रतिपक्षिदल तथा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले विगतदेखी अहिलेसम्म गरेका कामहरु वादल लागेजस्तै भएको उनको भनाई छ । देशका ठूला ठूला भ्रष्टाचार काण्डमा कांग्रेस नेताकै संलग्न देखिएकाले अब त्यसलाई तोड्न र मुलुकलाई आर्थिक तथा सामाजिक रुपान्तरणको लागि लामो समयसम्म नेकपाको नेतृत्व आवश्यकता रहेको बस्नेतको भनाई छ । वर्तमान सरकारले हप्तै पिच्छे शिलान्यास, महिनै पिछे उद्घाटन गर्ने वातावरण सिर्जना गरेको बताउँदै उनले चाँगुनारायण नगरपालिकामा मात्र यो वर्षमात्र ३३ वटा स्कुलका भवन निर्माण भएको जानकारी गराए ।
कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले पार्टी एकिकरणको काम अन्तिम चरणमा रहेको भन्दै दशैं पछि उक्त कार्य अगाडी बढ्ने बताए । नगरप्रमुख मिश्रले आगामी दुई वर्षभित्र नगरका हरेक घरमा खानेपानीको धारा हुने र आफु निर्वाचित भएको चार वर्षभित्र विकाश निर्माण सबै काम सक्ने दाबी गरे ।
नगरकोटको घर टहरा भत्काउने समयमा नेपाली कांग्रेस, राप्रपा, नेमकिपालगायताका पार्टीले दोहोरो चरित्र देखाएर जनतालाई भ्रममा राखेको बताए ।
कार्यक्रममा वडा नम्बर ६का अध्यक्ष सन्तबहादुर वाइवा, राजकुमार लामिछाने, जयराम बास्तोलालगायतले एजेण्डा विहिन राजनीतिक दललाई मतदान गर्नु देश र समाजको लागि ठूलो दुर्भाग्य हुने बताउँदै आगामी उपनिर्वाचनमा भक्तपुर निर्वाचन क्षेत्र १ (क) चाँगुनारायण प्रदेशमा नेकपाका उम्मेदवारलाई जिताउन आग्रह गरे ।