साउन ९,
काठमाडौ । बर्हिगमितजनमुक्ति सेनाले सरकारले आफूहरुको माग पूरा नगरे अन्तर्राष्ट्रिय फौजदारी अदालत‘द हेग’जाने चेतावनीदिएका छन् । रिपोर्टर्स क्लब नेपालमापत्रकार सम्मेलन गदैबर्हिगमिनजनमुक्ति सेनाले पुनः स्थापनाको लागिआवश्यक र उपयुक्त सहयोग प्रदाननगरे माओवादीकातत्कालिन नेताहरु प्रचण्ड, डा. बाबुराम भट्टराईलगायतद्वन्द्वसँग जोडिएकाहरुलाई अन्तर्राष्ट्रिय फौजदारी अदालतमापु¥याउने चेतावनीदिएकाहुन् ।
‘कि त प्रभावितबालबालिकाहरुकालागिआवश्यक र उपयुक्त सहयोग गरियो, कि त सरकार र सरोकारवालापक्षले बालसैन्य भर्तीबाट भएको अधिकारको उल्लंघनको जिम्मेवारी लिइयोस्, ’ पत्रकार सम्मेलनमापूर्व बाल लडाकुको संस्थाबर्हिगमितजनमुक्ति सेना नेपाल केन्द्रीय संघर्ष समितिकाइन्चार्ज लेनिन बिष्टले भने । उनले भने,‘तीनमहिनाभित्र प्रचण्ड, बाबुराम भट्टराईलगायतका नेताहरुलाई हेग पु¥याइनेछ ।’ बिष्टले जनयुद्धको औचित्य पुष्टि गर्न चुनौतीदिए । भविष्यमा फेरि गरिब नेपालीका छोराछोरी युद्धमा प्रयोग हुँदैनन् भन्न् सुनिश्चितता गर्न भने । सामाजिकन्यायमाआधारित भएर एकमुष्ठ सामाजिकतथाआर्थिक कार्यक्रमबनाएर लागू गर्न माग गरे ।
बिष्टले बर्हिगमितजनमुक्ति सेनाहरुको तत्कालविनासर्त रिहा गर्न माग गरे । आफूहरुको मागजायजभएकाले पूरा नभएअन्तर्राष्ट्रिय फौजदारीअदालत द हेगमाउजूरीकालागिजानवाध्यहुने बताए । तीनमहिनासम्मनिशर्त माग पूरा नगरे द हेग जानुको विकल्पनभएको बताए । उनले भने,‘हामीलाई हेग जानवाध्यनपारियोस् ।’तीनमहिनाभित्र छलफल गरेर निष्कर्षमा पु¥याउनआव्हान समेत गरे ।
बर्हिगमितजनमुक्ति सेना नेपालकाअध्यक्षअसिमलिम्बूले माग पूरा नगर्ने हो भने प्रचण्ड र बाबुराम जेल जाने बताए । उनले भने,‘जायजमाग सम्बोधनतत्कालनगरिए प्रचण्ड र बाबुरामलाई जेल जानबाट कसैले रोक्न सक्दैन ।’ युद्ध अपराधमा धेरै नेताहरु जोडिइसकेकाले गम्भीर अवस्थाआउने चेतावनीदिए । पार्टी एक गरेर भाग्ननसक्ने भन्दै गम्भीर अपराधको सजायभोग्नैपर्ने चेतावनीदिए ।
बर्हिगमितजनमुक्ति सेनाकाउपाध्यक्ष राजनथापाले शान्तिप्रक्रियाको एउटा हिस्सालाई सडकमा छाडेर शान्तिप्रक्रिया पूरा भएको भ्रम फैलाइएको बताए । शान्तिप्रक्रिया पूरा नभएको भन्दै बालसैन्यको मुद्दा सम्बोधननभएसम्मशान्तिप्रक्रिया पूरा नहुने बताए । उनले भने,‘जबसम्मशान्तिप्रक्रियाको हिस्सा बालसैन्य र बर्हिगमितजनमुक्ति सेनाको जायजमाग सम्बोधनहुँदैन, तबसम्मशान्तिप्रक्रिया पूरा हुँदैन ।’
कार्यक्रममाबर्हिगमितजनमुक्ति सेना नेपालको केन्द्रीय संघर्ष समितिकाविभिन्न समूहहरुबीचएकतापनि गरिएको थियो । उनीहरुले २५ सदस्यीय संघर्ष समितिको कार्यसमिति गठन गरेका थिए । लेनिन बिष्ट इन्चार्ज रहेको समितिमा सह इन्चार्ज तेजबहादुर बुढाथोकी, अध्यक्षअसिमलिम्बु, वरिष्ठ उपाध्यक्ष रमेश बसेल, उपाध्यक्षहरु योग्यबहादुर कार्की, खड्क बहादुर रम्तेल, सोमलाल घलान, राजन मगर, ज्वाला नेपाल, सुनिल, महासचिव कोपिला राई, उपमहासचिवतुलाराज राई, सचिवहरु भिमबहादुर तामाङ, रजनितिमिल्सिना, राजु मोक्तान, शोभा रायमाझी, अनिता परियार, गोपाल बस्नेत, सहसचिव सविनपुन, सहसचिवदिनेश भण्डारी, प्रमानन्दनाथ, मदन राई, सुन्दर पाण्डे, कोषाध्यक्ष मोतिसरा खड्का र सहकोषाध्यक्ष भरत जिमी रहेका छन् । उनीहरुले सात बुँदे मागपत्र सार्वजनिक गरेका थिए ।