Friday, September 18, 2026
Home मनोरन्जन ‘घामड शेरे’को पहिलो गीत ‘साली मन पर्‍यो’ सार्वजनिक (भिडियो)

‘घामड शेरे’को पहिलो गीत ‘साली मन पर्‍यो’ सार्वजनिक (भिडियो)

321

असोज १५,
काठमाडौं । निश्चल बस्नेत तथा स्वस्तिमा खड्का स्टारर ‘घामड शेरे’को पहिलो गीत रिलिज भएको छ। सिनेमाको ‘साली मन पर्‍यो’ बोलको गीत मंगलबार रिलिज गरिएको हो। सार्वजनिक गीतमा कालीप्रसाद बाँस्कोटाको शब्द, संगीत तथा स्वर रहेको छ। उनलाई महिला स्वरमा अस्मिता अधिकारीले साथ दिएकी छन्।भिडियो :

गीतलाई प्रदीप लामा (द नेक्स्ट)ले कोरियोग्राफी गरेको हो । कमेडी ड्रामामा निश्चल र स्वस्तिमाका अलावा शुष्मा निरौला, बादल भट्ट, लोकेन्द्र लेखक र रोयको पनि अभिनय छ । चलचित्र कार्तिक ८ गते देखि देशभर रिलिज हुनेछ ।