‘हरिगुरुको सपना पुरा गर्न नेकपाले उपनिर्वाचन जित्नु पर्दछ’

912

असोज १४,
भक्तपुर । नेकपाका केन्द्रीय सदस्य प्रतिनिधिसभा सांसद महेश बस्नेतले स्वर्गीय नेता हरिशरण लामिछाने (हरिगुरु)ले देखेको सपना पुरा गर्न पनि नेकपाकै उम्मेदवारले जित हासिल गर्ने बताए ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चाँगुनारायण ८ नं. वडा कमिटीले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बस्नेतले भने इमान्दार, अनुशासित, कर्तव्यनिष्ट र लगनशिल नेता लामिछानेको सपना पुरा गर्न मंसिर १४ गते हुने उपनिर्वाचनमा नेकपाले जित्नु पर्दछ ।

सांसद बस्नेतले संघ, प्रदेश र स्थानीय तहमा नेकपा सरकार भएको अवस्थामा प्रमुख प्रतिपक्ष दल र साना दलले जिते यो क्षेत्रमा बजेट ल्याउन नसक्ने दाबी गरे । नेपाली कांग्रेस र नेमकिपाको भूमिका अहिले बिरोध मात्र गर्ने प्रतिपक्षका रुपमा रहेकाले उनीहरुले जिते विकास होइन बिरोध मात्र गरेर बस्छन्, बस्नेतले भने । सघ र प्रदेशको बजेट चाँगुनारायण प्रदेशमा राखेर विकासलाई तिव्रता दिन पनि नेकपाले मंसिर १४ को उपनिर्वाचनमा जित्ने दावी गरे । नेमकिपा र नेपाली कांग्रेसले गर्न नसकेको विकास नेकपाले २ बर्षमा गरेर देखाईदिएको दावी गरे ।mahesh basnet

कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य, भक्तपुरका सह—इन्चार्ज र चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्रले चाँगुनारायण क्षेत्रले परिवर्तनको रुपरेखा कोरिसकेको उल्लेख गर्दै यस क्षेत्रमा तित्र्रत्तर विकासका कामहरु भइरहेको बताए । अहिले चाँगुनारायणका हरेक वडामा १० देखी १५ करोडसम्मका योजनाका कामहरु भइरहेको उनको दावी छ ।
८ नं. वडा कमिटीका अध्यक्ष नारायणी (फुयाल) दंगालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेश ३ का सांसद सरस्वती बाटी, जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, नेकपा जिल्ला कमिटी सचिव डिपी ढकाल, चानपा ८ नं। वडा अध्यक्ष परासर सापकोटालगायतले नेकपाको नीति नै निर्वाचनमा प्रतिष्पर्धा, विकासमा साझेदारी भएकाले समृद्ध नेपाल सुखी नेपाली बनाउने कार्यभार नेकपाको काँधमा आएको बताए ।