बस र ट्रक ठोक्किँदा ३६ जनाको मृत्यु, दर्जनौं घाइते

234
सांकेतिक तस्विर

एजेन्सी,असोज १२,
बेइजिङ । चीनमा बस र ट्रक ठोक्किँदा ३६ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्। पूर्वी जियाङ्सु प्रदेशको च्याङचुन(सेनजेन एक्स्प्रेस वेमा आइतबार बस र ट्रक ठोक्किएका हुन्। ट्रकमा तीन जना मात्रै सवार थिए। चिनियाँ प्रहरीका अनुसार बसको अगाडिको बायाँ टायर पञ्चर भएपछि ट्रकसँग ठोक्किएको हो।

दुर्घटनामा परी नौं जना गम्भीर घाइते भएका छन् भने २६ जना सामान्य घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ। दुर्घटनापछि बन्द भएको एक्स्प्रेस वे आठ घन्टाको उद्दारपछि खुलेको छ। चीनमा सवारी दुर्घटनामा वर्षेनी दशौं हजार नागरिकले ज्यान गुमाउँछन्। अलजजिरा टेलिभिजनका अनुसार सन् २०१५ मा मात्र सवारी दुर्घटनामा परी चीनमा ५८ हजार मानिसको मृत्यु भएको थियो।