आफ्नै मामाद्वारा बेहोस बनाएर भान्जीको बलात्कार

145
सांकेतिक तस्विर

असोज १०,
बझाङ । बझाङमा सहोदर मामाले आफ्नै भान्जीको बलात्कार गरेका छन् । केही बर्षदेखि नै बलात्कार गर्दै आएको आशंका गरिएको छ । बझाङका धन बहादुर विष्टले आफ्नै भान्जीलाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । केही बर्ष पहिला नै आफ्नो भान्जीलाई घरमा राखेर पालन पोषण गर्ने, पढाई दिने भन्दै घरमा राखेकी भान्जीलाई यौन शोषण गर्ने गरेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी तथा प्रहरी निरीक्षक ईश्वरीदत्त पाण्डेले बताए । उनलाई बिहीबार जबरजस्ती करणीमा मुद्धा दर्ता गरी जिल्ला अदालतबाट म्याद थपसहित आवश्यक अनुसन्धान भैरहेको प्रहरी निरीक्षक पाण्डेले बताए ।

कक्षा ९ मा अध्ययनरत बालिकालाई बलात्कार गर्ने विष्ट ६३ बर्षका रहेको प्रहरीले जनाएको छ । भान्जीलाई पानीमा बेहास पार्ने औषधि खुवाएर बलात्कार गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खलेको प्रहरीको भनाई छ । साथै उनले भान्जीको मोबाइलमा नै अश्लिल फोटोहरु खिचेको र बालिकालाई सो कुराको जानकारी पनि नभएको स्थानीयले बताएका छन् । बालिकाका भाइले आफ्नो दिदीको मोबाइल चलाउन लाग्दा उनले मोबाइलको सिस्टम जानकारी नभए पछि गाउँकै अर्को आफन्तसंग मोबाइलको सिस्टम बनाई दिन आग्रह गरेपछि घटना बाहिरिएको हो । बालिकालाई पटक पटक यौन शोषण गर्ने उक्त विष्टलाई हदैसम्मको कारवाही हुनुपर्ने महिला अधिकारकर्मीले आवाज उठाएका छन् ।