Sunday, September 27, 2026
Home समाचार नेपाली भिक्षुलाई सिंगापुरमा ५ महिना जेल सजाय

नेपाली भिक्षुलाई सिंगापुरमा ५ महिना जेल सजाय

59

असोज ८,
काठमाडौं । सिंगापुरको अदालतले यौन दुव्र्यवहारको आरोपमा एक नेपाली भिक्षुलाई ५ महिनाको जेल सजाय सुनाएको छ । ४२ वर्षका दावा तामाङले सिंगापुरको गेल्याङमा एक सडक ब्यापारी महिलालाई गत असारमा यौन दुव्र्यवहार गरेको आरोप लागेको थियो । दावा ताइवानमा ध्यान गर्न जाने उद्देश्यले ट्राभल भिसामा असार २१ गते सिंगापुर पुगेका थिए । तर त्यसको ५ दिनपछि उनीमाथि महिलालाई यौन दुव्र्यवहार गरेको आरोप लाग्यो । ती महिला गेल्याङमा फिरन्ते रुपमा कपडाको ब्यापार गर्थिन् ।

सिंगापुरको सञ्चार माध्यमले जनाएअनुसार ती महिलाले दावालाई कपडा किन्न आग्रह गरिन् । त्यस क्रममा महिलाले विभिन्न किसिमका कपडाहरु देखाएकी थिइन् । त्यतिबेला दावाले महिलाको संवेदनशील अंगमा हात लगेको समाचारमा उल्लेख गरिएको छ । २८ वर्षकी ती महिलाले दावाको हात समातेर चर्को स्वरमा कराएपछि स्थानीयले समातेर प्रहरीलाई बुझाएका थिए । अदालतले महिलासँग क्षमा मागेर क्षतिपूर्ति दिन सुनाएपछि ती महिलाले अस्वीकार गरिन् ।

यो मुद्दासंवद्ध कानुन व्यवसायीहरुले भिक्षुले महिलाको शरीमा स्पर्शमात्र गरेकाले पाँच महिनाको मात्र जेल सजाय भएको हो । ती भिक्षुको विगत खराब नदेखिएको पनि कानुन व्यवसायीले बताएका छन् । भिक्षुको पक्षमा लडेका कानुन व्यवसायी जोसेफस टानले भनेका छन् ‘दावा भ्रमण गरिरहने भिक्षु हुने, उनी नियमितजसो सिंगापुर आइरहन्छन्, यहाँका वौद्ध गुम्बाहरुको भ्रमण गर्छन्, यो उनको तीर्थयात्राकै एउटा हिस्सा हो, त्यसैले उनले उक्त घटनाप्रति क्षमायाचना गरेका छन् ।’