Friday, October 16, 2026
Home समाचार प्रहरीलाई पकेटमारको ४ हजार रुपैयाँ घुस

प्रहरीलाई पकेटमारको ४ हजार रुपैयाँ घुस

94
सांकेतिक तस्विर

असोज ८,
काठमाडौं । एकजना पकेटमारले प्रहरीलाई चार हजार रुपैयाँ घुस दिएका छन्। काठमाडौं महानगरपालिका-२७ पुरानो बसपार्कमा तैनाथ प्रहरीलाई ती पकेटमारले नगद ४ हजार रुपैयाँ घुस दिएका हुन्। घुस दिएर आर्थिक प्रलोभनमा पार्न खोजेको भन्दै प्रहरीले गौशाला बस्ने सर्लाही घर भएका ४० वर्षीय राजकरण महतोलाई मंगलबार साँझ पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले पकेट मारी चोरी गर्न खोज्ने महत्तोलाई नियन्त्रणमा लिने क्रममा उनले उक्त रकम घुसवापद दिन खोजेका थिए । प्रहरीले उनलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।