घरमा यस्ता चिज आए पुग्छ ठूलो हानी

1065

असोज ३,
काठमाडौं । वास्तुशास्त्रका अनुसार केही वस्तु र चिज घरमा रहने शुभ र अशुभ हुन जान्छ । यस्ता चिज र वस्तुहरुलाई घरमा राख्ने कि नराख्ने भन्न जान्नका लागि वास्तुशास्त्रबारे ज्ञान हुन जरुरी छ । तपाईले घरमा राखिरहेको वा वेवास्ता गरेको केही वस्तु पदार्थका कारण तपाईको घरमा अशान्ति, दुःख, कष्ट पनि भएको हुन सक्छ । त्यसैले घरमा केही वस्तु छ भने त्यसलाई तत्काल हटाउन पर्दछ ।

चमेरो

यदि तपाइको घरमा चमेरो आउँदछ भने त्यसलाई बेवास्ता नगर्नुहोस् । किनकि आफ्नो आफ्नो घरमा चमेरोको प्रवेश हुनु भनेको अशुभ हुनु हो । वास्तु शास्त्रअनुसार घरमा चमेरो आउनुको सङ्केत घरका मान्छे घर छोडेर जानु हो । त्यसैले चमेर घरमा प्रवेश गर्न लागेको छ र देख्नु भयो भने त्यसको प्रवेशद्वारलाई बन्द गर्नु उपयुक्त हुन्छ ।

माकुरोको जालो

माकुराको जालो भयो भने घरमा राम्रो हुँदैन भन्ने मान्यता परापूर्व कालदेखि नै चल्दै आएको छ । यदी तपाइको घरमा माकुराले जालो लगाएको छ भने त्यसलाई तत्काल हटाउँनुहोस् । यदी घरमा माकुराले जालो लगाएको छ भने घरमा विभिन्न समस्या र उल्झन आउने र घरमा विवाद लगायत हुने वास्तुशास्त्रमा वर्णन गरिएको छ ।

परेवाको प्वाँख

वास्तु शास्त्र अनुसार घरमा परेवाको प्वाँख हुनु भनेको अशुभ हुनु हो । जसका कारण घरमा विभिन्न किसिमको समस्याहरू उत्पन्न हुने गर्छ । त्यसैले घरमा कहिल्यै पनि परेवाको प्वाँख हुनुहुँदैन ।

अरिगांलको गोलो

यदि तपाइको घरमा अरिगांलले गोलो लगाएको छ भने यसलाई अत्यन्तै अशुभ मानिन्छ । जसले गर्दा ठुलो दुर्घटना निम्तिन सक्दछ । त्यसैले आफ्नो घरमा त्यस किसिमको चिज देखेमा हटाई हाल्नुहोस् ।

घरको भित्ता चर्किनु

के तपाईँ बस्नु भएको घरको भित्ता चर्किएको छरु यदि छ भने त्यसलाई तुरुन्तै मर्मत गरी हाल्नुहोस् । किनकि घरको भित्ता चर्किनु भनेको कुनै नोक्सानीको सङ्केत दिनु हो ।

कालो मुसा

यदी तपाईको घरमा कालो मुसाको संख्या बढेको छ भने त्यो सकारात्मक होइन । यसले घरमा दुख कष्ट आउने संकेत गर्छ ।

कालो कमिला

यदी घरमा कालो कमिलाको प्रवेश वा उपस्थिति छ भने त्यो शुभ संकेत भएको वास्तुशास्त्रले बताउँछ । यदी कालो कमिला प्रवेश गरेको छ भने घरमा सुख शान्ति आउने वर्णन वास्तुशास्त्रमा उल्लेख गरिएको छ । तर रातो कमिला घरमा प्रवेश गरेको छ भने त्यो अशुभ संकेत हो । यसले हानी पु¥याउँछ ।