भोलि हनुमानढोका, पाटन र राष्ट्रिय संग्रहालय घुम्न पैसा नलाग्ने

203

असोज २
काठमाडौं । सरकारले संविधान दिवसको अवसरमा शुक्रबार एक दिन हनुमानढोका, पाटन र भक्तपुरमा रहेका राष्ट्रिय संग्रहालय निशुल्क प्रवेश गर्न दिने निर्णय गरेको छ। २०७२ असोज ३ गते संविधान जारी भएको अवसरमा भोलि सरकारले सार्वजनिक बिदा पनि दिएको छ।

बिहीबार सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै भने, ‘हनुमानढोका, पाटन र राष्ट्रिय संग्रहालय प्रवेशमा भोलि शुल्क लिइने छैन।’