कर्णाली प्रदेशका हरेक नागरिकलाई एक लाखको वीमा

149

असोज १,
काठमाडौं । कर्णाली प्रदेश सरकारले नेपालमै पहिलोपटक कर्णालीका सबै नागरिकको दुर्घटना बीमा गरेको छ। बुधबार एक समारोहका बीच आन्तरिक मामिला तथा कानून मन्त्रालयले राष्ट्रिय वीमा कम्पनीसँग सम्झौता गरेको हो । सम्झौतामा वीमा कम्पनीकातर्फबाट डाक्टर डिल्लिराज अर्याल र मन्त्रालयका प्रदेश सचिव वीरेन्द्रकुमार यादवले हस्ताक्षर गरेका छन् ।प्रदेश सचिव यादवले १७ लाख ७० हजार कर्णालीवासीका लागि विपद्विरुद्ध सामुहिक दुर्घटना वीमा गरिएको बताए । सम्झौता अनुसार प्रदेशका कुनै पनि नागरिकको विपद् दुर्घटनामा मृत्यु भएमा वीमावापत एक लाख रकम उपलब्ध गराइने छ ।

मन्त्रालयले प्रदेशका १० हजार घरको समेत निःशुल्क वीमा गर्ने तयारी गरेको छ । जिल्ला दैवी प्रकोप उद्दार समितिको सिफारिसका आधारमा १० जिल्लाका १० हजार घरको वीमा गर्ने तयारी गरिएको प्रदेश सचिव यादवले बताए । घरको वीमा ५ लाखको हुनेछ । समितिको सिफारिस नआएकोले केही ढिला भएको उनले बताए । वीमा शुभारम्भ गर्दै मुख्यमन्त्री शाहीले विपदको उच्च जोखिममा रहेको कर्णालीका नागरिकले हरेक वर्ष ठूलो क्षती बेहोनु पर्ने अवस्थालाई ध्यानमा राखी सरकारले राहात स्वरुप वीमा कार्यक्रम सुरू गरेको बताए । कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, आर्थिक मामिलामन्त्री प्रकाश ज्वाला, कृषिमन्त्री विमला केसीलगायतको उपस्थिति रहेको थियो ।