रोल्पाको थवाङमा पहिरोले पुरिएर ६ जनाको मृत्यु

250
फाइल तस्बिर

भदौ २७,
रोल्पा । बिहीबार राति सहिदमार्ग अन्तर्गत घर्तीगाउ–थबाङ खण्डको छेर्लोबाङमा पहिरो खस्दा एउटा घर पुरिएको छ । रोल्पाको थवाङ गाउँपालिका–२ छेर्लोवाङमा गएको पहिरोमा पुरिएर ६ जनाको मृत्यु भएको छ । बिहीबार राति घरमाथिबाट गएको पहिरोमा पुरिएर एकै घरका ६ जनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार मृत्यु हुनेमा २५ वर्षीय थीरकुमार बुढा, उनका ४ वर्षीय छोरा असल बुढा, ३५ वर्षीय जै बुढा, उनकी ३५ वर्षीय श्रीमती मूलज्योति बुढा, ९ वर्षीय छोरी जीविस्टी बुढा र २ वर्षीया छोरी करिस्मा बुढा छन् । थवाङ गाउँपालिका–२ की वडासदस्य अभिलासा रोका मगरले मृतक ६ जनाकै शव बाहिर निकालिएको जानकारी दिइन् । घरमाथिबाट आएको पहिरोले बाख्राको खोर र गाई गोठ पनि पुरेको वडासदस्य मगले जानकारी दिइन् ।