समयअगावै आमनिर्वाचन गर्ने प्रधानमन्त्री बोरिस जोन्सनको प्रस्ताव अस्वीकृत

104

एजेन्सी, भदौ १८
लन्डन । ब्रिटेनमा समयअगावै आमनिर्वाचन गराउने प्रधानमन्त्री बोरिस जोनसनको प्रस्ताव अस्वीकृत भएको छ। बुधवार हाउस अफ कमन्समा भएको मतदानमा निर्वाचनको पक्षमा आवश्यक दुईतिहाइ मत ल्याउन नसकेपछि प्रधानमन्त्री बोरिसको प्रस्ताव अस्वीकृत भएको हो। बुधबार भएको मतदानमा प्रस्तावको पक्षमा २९८ मत खसेको थियो भने विपक्षमा ५६ मत खसेको थियो। सरकारले कुल ४३४ मत ल्याउनुपर्ने थियो।

प्रधानमन्त्री जोनसनले आउँदो अक्टोबर १५ तारिखमा आमनिर्वाचन गराउने प्रस्ताव गरेका थिए। सांसदहरूले सहमतिबिनाको ब्रेक्जिट रोक्न सक्ने विधेयक पारित गरेपछि आमनिर्वाचनका लागि प्रधानमन्त्री जोनसनले संसद्‌मा प्रस्ताव प्रस्तुत गरेका थिए। पूर्वनिर्धारित समयतालिका अनुसार ब्रिटेनले अक्टोबर ३१ तारिखमा युरोपेली सङ्घ छाड्नुपर्ने छ।