भद्रगोल रोकिएपछि जिग्रीले भने अब हामी के गरौं ?

318

भदौ १३,
काठमाडौं । लोकप्रिय हास्य टेलिश्रृखंला ‘भद्रगोल’का प्रमूख कलाकर ,लेखक तथा निर्देशक कुमार कट्टेल ‘जिग्री’ले आफ्ना दर्शकसँग सुझाव मागेका छन्। विगत केहि समयदेखि नेपाल टेलिभिजनमा प्रसारण हुँदै आएको कार्यक्रम प्रसारण गराउने एजेन्सी मिडिया हब र उत्पादन गर्ने कम्पनीबीच विवाद भएका कारण रोकिदैं आएको छ।

बिहिबार आफ्नो फेसबुकमा स्टाटस लेख्दै कट्टेलले ‘भद्रगोल’को नाम,डिजाइन ,लेखन,निर्माण,निर्देशन गर्ने आफूहरूसँग ‘भद्रगोल’को नामको अधिकार आफूहरूसँग नभएको गुनासो गर्दै कसरी अगाडि बढ्ने हो भनेर पोस्टमा सोधेका छन्।

फेसबुकमा उनले लेखेको स्टाटस जस्ताको तस्तै हेर्नुहोस् :

भद्रगोल रोकिनुको कारण:भद्रगोललाई अत्यन्तै माया गरि सल्लाह र सुझाव दिनुहुने देश तथा बिदेशमा रहनुभएका सम्पुर्ण आदरणीय…

Publiée par Kumar Kattel sur Jeudi 29 août 2019