भदौ १२,
काठमाडौं । नेपाली कांगे्रसका सह–महामन्त्री डा. प्रकाशसरण महतले रवि लामिछाने देखि अन्य प्रकरणमा सडकमा आउनेहरु व्यवस्था माथीको असन्तुष्टीवाट नभै सरकारले गरेका गलत कार्यवाट आएको वताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्वोधन गर्दै नेता महतले यसलाई व्यवस्था सँग जोड्न गलत भएको भन्दै सरकारले निर्मला हत्या काण्डको दोषी पत्ता लगाउन नसक्नु देखि निदोषलाई फसाउने सम्मको अवस्था देखेर जनता सडकमा आउनुलाई स्वभाविक भन्दै सरकारले यस्ता असन्तुष्टीलाई वेलैमा सम्वोधन गर्दै दोषीलाई कार्वाही र पिडीतलाई न्याय दिनु पर्नेमा जोड दिए ।
लोकतान्त्रिक गणतन्त्रको विकल्प नभएको भन्दै नेता महतले सरकारको गलत क्रियाकलापको कारण व्यवस्था माथी प्रहार हुने खतरा रोक्न युवाहरुले गाँउगाँमा गएर जनतालाई बुझाउनु पर्नेमा जोड दिए ।