नेपालमा साइमेक्स इन्कले १५ ओटा चार्जिङ स्टेशन बनायो

178

भदौ ८,
काठमाडौं । विद्युतीय सावारीसाधन निमार्ता कम्पनी बिवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इन्कले १५ ओटा चार्जिङ स्टेशन बनाएको छ।
साइमेक्सले काठमाडौं उपत्यकामा १२ र उपत्यका बाहिर ३ गरी १५ ओटा चार्जिङ स्टेशन बनाईसकेको कम्पनीका प्रोजेक्ट तथा मार्केटिङ म्यानेजर समिर श्रेष्ठले जानकारी दिए।

‘उपत्यकामा पाटन, महाराजगञ्ज, रत्नपार्क, कमलादी नक्साल थापाथली, तिनकुने, सिंहदरवार लगाएतको ठाउँहरुमा १५ ओटा बनाइसक्यौ र उपत्यका बाहिर नारायणगढ हेटौडा र लुम्बिनीमा संचालनमा ल्याइसक्यौ,’ उनले भने। कम्पनीले देशैसम्म नेपालभर २५ ओटा चार्जिङ स्टेसन बनाइसक्ने र २०१९ भित्र त्यसको संख्या ५० पुर्याउने श्रेष्ठले जानकारी दिए।

‘बर्दिबास, धुलिखेल, कुरिनटार, पोखरा इटहरी लगाएतको ठाउमा पनि हामीले चार्जिङ स्टेशन पनि अन्तिम चरणमा छ,’ उनले भने। चार्जिङ स्टेशन संचालनमा आएपनि उपझोक्तासगँ कुनै शुल्क नलिएको उनले जानकारी दिए। ‘बिजुली बेच्ने अधिकार हामीसगँ छैन, प्राधिकरणले नीति बनाएपछि मात्र हामीले शुल्क लिन मिल्छ,’श्रेष्ठले भने। विबाइडीले राखेको चार्जिङ स्टेशनबाट सबै विद्युतीय सवारी साधन चार्ज गर्न भने मिल्दैन।

यस चार्जिङ स्टेशनबाट स्ट्याण्डर्ड २ प्रविधिको विद्युतीय सवारीसाधन चार्ज गर्न मिल्ने उनले जानकारी दिए। हाल नेपालभर ४० ओटा भन्दा धेरै विवाईडीका गाडी बिक्रि भइसकेको साइमेक्सले जनाएको छ। चार्जिङ स्टेसन बनाउन एउटाको ६ देखि ८ लाख खर्चहुने श्रेष्ठले जानकारी दिए।-Setopati