ट्याक्सीमा मस्तीः रासलीला गर्ने यात्रुहरुको इतिवृत्ति

258
ट्याक्सीमा मस्ती मोडलः नवराज पन्त/उषा कार्की। तस्बिरः कृष्पा श्रेष्ठ

-भोला अधिकारी

ट्याक्सी चालक अमृत सापकोटालाई २ जनाले दरबारमार्गमा हात दिए। उनले ट्याक्सी रोके। जोडी नै ट्याक्सी चढे र चक्रपथ लैजान भने। उनले बा१झ ३५० नम्बरको ट्याक्सी चक्रपथतिर हुइँक्याए। युवा–युवती पछाडि छिल्लीरहेका थिए। उनले त्यत्ति वास्ता गरेनन्। आफ्नै सुरले चलाइरहे। चुनदेवीतिर पुगेपछि पछाडिको आवाज बदलियो। हैन के गर्न थाले भनेर यसो हेरेको त युवती मुख मैथुनमा व्यस्त, युवा मस्त। झोक चल्यो उनलाई ‘के गरेको’ भनेर कराएपछि दुवै रोकिए।

‘ट्याक्सीमा त्यस्तो देख्दा झोक चल्यो, यो तिमीहरुको गेष्ट हाउस हो भनेर झपारे,’ अमृतले भने, ‘तिमीहरुलाई प्रहरी चौकी लैजाऊँ भनेपछि सरी भनेर भाडा तिरेर हिँडे।’ट्याक्सी सहज यातायातको साधन हो। तर केही यात्रुले त्यसैलाई मस्तीको साधन बनाइदिँदा ट्याक्सी चालकहरु हैरान रहेछन्। ट्याक्सीमा यात्रुले गर्ने व्यवहारबारे बुझ्न उपत्यकाका झण्डै २ सय ट्याक्सी चालकसँग भेट्दा अधिकांश मस्तीखोर यात्रुबाट कुनै न कुनै बेला हैरान बनेका रहेछन्।

पहिला काठमाडौंमा कालो विक्रम ट्याम्पु चल्दा युवा जोडीले त्यसलाई डेटिङ स्थलै बनाउँथे। सरकारले त्यसलाई काठमाडौंबाट लखेटेपछि जोडीको तारो ट्याक्सी परेको देखियो। कोही चुम्माचाटी गर्ने, कोही ट्याक्सीमा यौन सम्पर्क राख्न खोज्ने, कोही झिल्लिएको कुरा गरेर हैरान पार्ने रहेछन्। पहिला काठमाडौंमा कालो विक्रम ट्याम्पु चल्दा युवा जोडीले त्यसलाई डेटिङ स्थलै बनाउँथे। सरकारले त्यसलाई काठमाडौंबाट लखेटेपछि जोडीको तारो ट्याक्सी परेको देखियो। कोही चुम्माचाटी गर्ने, कोही ट्याक्सीमा यौन सम्पर्क राख्न खोज्ने, कोही झिल्लिएको कुरा गरेर हैरान पार्ने रहेछन्।

कुनै ट्याक्सी चालक हेरेरै चित्त बुझाउने गरेको भेटियो, कोहीले भने थर्काएर भगाउने गरेको भेटियो भने केही चालकले ‘जे सुकै गरुन्’ भनेर वास्तै नगर्ने पनि भेटियो। चालक सापकोटाकै अर्को अनुभव पनि त्यस्तै रहेछ। ठाउँ पनि दरबारमार्ग नै। साँझतिर २ जना केटी र ३ जना केटा ट्याक्सीमा आए। एकजना केटा चालकसँगै बसे। ४ जना पछाडि बसे। केटीहरु केटाको काखमा बसेका थिए।पछाडी अर्कै खालको आवाज आएपछि हेर्दा त उनीहरु यौन सम्पर्कमा लिन रैछन्। केटाको संख्या धेरै भएकाले उनले केही बोलेनन्। भनेको ठाउँमा लगेर झारिदिएँ। पछाडि बसेका केटाहरु पाइन्ट मिलाउँदै उत्रिए।

‘बेलुकातिर केटा–केटी चढे भने चनाखो भइहाल्नुपर्छ। नत्र त ट्याक्सीलाई नै गेष्ट हाउस बनाइदिन्छन्,’ उनले भने, ‘प्रायः हप्तामा एक ट्रिप यस्तै पर्छन्। कसैलाई हप्कायो। कहिलेकाहीँ थाहा पाएको नपायै ग-यो।’ दरबारमार्गमा बेलुका १० बजेतिर भेटिएका ट्याक्सी चालक अर्जुन कार्कीको ट्याक्सीमा पनि जोडीले नै चर्तिकला गरेछन्। बेलुका १२ बजेतिर बागबजारबाट उनको ट्याक्सीमा एक जोडी चढे। उनीहरुले भने ‘दाइ गौरीघाट जाउँ।’ उनीहरुको उमेर त्यस्तै १७–१८ थियो होला। ट्याक्सी बागबजारबाट कमल पोखरी हुँदै अगाडि बढ्दै थियो। पछाडि बसेकाहरु छाडा बोलेर हैरान। के गरिरहेका छन् भनेर उनले चालकसँगै सीसामा हेरे। पछाडि त दुवैजना पूरै कपडा खोलेर चलिरा रैछन्।

ज्ञानेश्वर पुग्न लाग्दा त ट्याक्सीमै हनिमुन मनाउने तयारी पो गरे। उनले ट्याक्सी रोकेर थर्काएछन्। उनीहरु के थर्किन्थे। उल्टै ‘ट्याक्सी चालक होस् ट्याक्सी चला, धेरै नकरा’ भनेर थर्काए। माया–प्रेमका कुरा गर्दै थिए। म तिमीलाई यति माया गर्छु, उति माया गर्छु भन्दै थिए। यसो साइड बीचको सिसाबाट हेरेँ। दुवै किस खाँदै मडारिइरहेका रहेछन्।

उनले ट्याक्सी चलाए। अगाडि प्रहरी देखेपछि ‘प्रहरीलाई भन्दिऊँ’ भनेपछि बल्ल कपडा लगाएछन्। ‘राति यस्ता प्यासेन्जर त कति भेटिन्छन् कति,’ उनले भने, ‘कहिले काहीँ त दिउँसै पनि उस्तै भेटिन्छन्। कति थर्काउनु।’ अधिकांश ट्याक्सी चालकको अनुभवमा बेलुका १० बजेपछि भेटिने यात्रु अधिकांश यस्तै हुन्छन्।

लाउन्जमा गएर जोडी खोजेर आउनेहरु, पहिल्यै जोडी बाँधिएर रेष्टुरेन्ट छिरेकाहरु र केही यौनकर्मीसहित आउने यात्रुले ट्याक्सीमै मस्ती गर्ने गर्छन्। यस्ता हर्कत गर्नेको निश्चित उमेर समूह रैन’छ। भर्खर जुंगाको रेखी बसेकादेखि अधवैंशेसम्मकाले हैरान बनाउने रहेछन् ट्याक्सी चालकलाई। चालकहरुसँग शुक्रवारले गरेको कुराकानीमा यस्ता चर्तिकला गर्ने केही प्रेमी–प्रेमिका नै हुन्छन्। रोमान्स गर्ने ठाउँ नपाउँदा ट्याक्सीको उपयोग गर्न खोज्छन्। तर यस्ताहरु प्रायः अलि हच्किन्छन् रे।

कोही मदिराको मात चढेका जोडी हुन्छन्। यस्ता जोडीलाई केही वास्ता हुन्न। चालकले पछाडि हेर्दा हेरेरै भए पनि चित्त बुझाउँ गुरुजी भनिदिन्छन्। जति सम्झाए पनि हुन्न त्यस्तालाई। प्रहरीकोमा लैजाऊँभन्दा कोही कोही मात्र हच्किन्छन्। चालकहरुको अनुभवमा कोही लाउन्ज र बारमा मस्ती गरेर घर फर्किएका जोडी हुन्छन्। कोही गेष्ट हाउस र होटल हिँडेका। बाहिर रात बिताउन नसक्ने, घरै जानुपर्ने केटी साथीलाई ट्याक्सीमा छाड्न सँगै हिँडेकाले समेत ट्याक्सीमै चान्स मार्छन्। मदिरामा धुत भएर सहमतिमै गेष्ट हाउस र होटल हिँडे पनि मन थाम्न नसकेर ट्याक्सीमै तात्तिने जोडी पनि उत्तिकै हुन्छन्।

ट्याक्सी चालक दीपक खड्काको अनुभव: 
राति करिब ११ बजे काठमाडौंको ग्रिनल्यान्डबाट लाजिम्पाट जान एक जोडी ट्याक्सीमा चढे। उमेर त्यस्तै २२, देखि २५ हाराहारी। बेलुका प्रायः पछाडिको सिटमा बत्ती बालिँदैन। बलेको थिएन। मधुरो लाइट भने हुन्छ। उनी आफ्नै तालमा ट्याक्सी चलाइरहेका थिए।माया–प्रेमका कुरा गर्दै थिए। म तिमीलाई यति माया गर्छु, उति माया गर्छु भन्दै थिए। यसो साइड बीचको सिसाबाट हेरेँ। दुवै किस खाँदै मडारिइरहेका रहेछन्।

उनले ‘दाइ तपाईंले के गर्नुभएको यस्तो’ भनेँ। उनीहरुले ‘तँलाई पैसा दिएकै छ। पैसा तिरेपछि ट्याक्सी हाम्रै हुन्छ’ पो भने। उनले लाजिम्पाट पु-याएर फर्किए। एक जोडी मस्किँदै, जिस्किँदै ट्याक्सी भएको ठाउँमा आएर गोकर्ण जाऊँ न भने। उनीहरु गफमै मस्त थिए। गफ सुन्नै लाज लाग्नेखालको थियो रे। ‘अस्ति कत्तिको मज्जा आयो’ केटाले सोध्यो। ‘मलाई त निकै दुख्यो नि’ केटीले जवाफ फर्काइन्। केटाले आज रमाइलो गर्नुपर्छ है भने।

केही भने अचम्मकै यात्रु पनि भेटिने रहेछन्। उनको यस्तै अनुभव छ। चाबहिल चोकमा बिहान ३ बजेतिर एउटा मान्छे आयो। दाइ म तपाईंको ट्याक्सीमा अएर सुत्छु भन्यो। बिहान ७ बजेतिर उठेर १५ सय तिरेर गयो। ‘नाइटमा भेटिने अधिकांश यात्रु यस्तै हुन्छन्। प्रायः मस्ती गर्न नै हिँडेका भेटिन्छन्,’ उनले भने, ‘८ वर्षको अनुभवमा आपतविपतमा परेका त कमै भेटिएका छन्।’

ठमेलको पीपलबोट नजिकै फेला परेका ट्याक्सी चालक कृष्णप्रसाद ढुंगानाको अनुभव पनि रमाइलै छ। उनी प्रायः बेलुकातिर त्यतै हुने रहेछन्। यात्रु पाइने भएकाले प्रायः त्यतै बस्ने गरेको उनले सुनाए। शुक्रवारलाई ट्याक्सीमा मस्ती गर्ने यात्रुको चर्तिकलाको अनुभव सुनाउन हौसिए उनी। एकहप्ता अगाडि उनी नयाँबसपार्कमा पार्किङ गरेर बसेका थिए। एक जोडी मस्किँदै, जिस्किँदै ट्याक्सी भएको ठाउँमा आएर गोकर्ण जाऊँ न भने। उनीहरु गफमै मस्त थिए। गफ सुन्नै लाज लाग्नेखालको थियो रे। ‘अस्ति कत्तिको मज्जा आयो’ केटाले सोध्यो। ‘मलाई त निकै दुख्यो नि’ केटीले जवाफ फर्काइन्। केटाले आज रमाइलो गर्नुपर्छ है भने।

गोकर्णकोे एउटा रिसोर्टमा बस्ने कुरा गर्दै थिए। गोकर्णको रिसोर्ट अगाडि रोक भने उनले रोके। पैसा तिरेर दुवै गए। ‘ट्याक्सी चढाएदेखि मस्तसँग किस गर्दै मज्जा लिइरहेका थिए,’ कृष्णले भने, ‘मेरो काम भनेको ठाउँमा पु-याउने थियो पु-याइदिएँ।’

कसै कसैको योजना भने पूरा हुन्न। १० वर्षदेखि ट्याक्सी चलाउँदै आएका गणेशबहादुर खड्काले यस्तै एक अनुभव सुनाए। उनले नक्सालबाट एक जोडीलाई पिक गरेर गठ्ठाघरतिर लगे। पछाडि उनीहरु एकै रुममा बस्ने कुरा गर्दै थिए। किस खाइरहेका थिए। लभ यु र सव यु भन्दै थिए। गठ्ठाघर नपुगुञ्जेल मस्तीमै थिए। जब गठ्ठाघर पुग्न लाग्यो कुरा बिग्रिएछ। केटी मात्रै उत्रिइन्। केटा ट्याक्सीमै फर्कियो। उनले केटालाई ल्याएर नक्सालमा छोडिदिए। ट्याक्सीभरि भुत्भुताइरहेको थियो रे केटा।

केही यात्रु भने विवाद भएपछि ट्याक्सीभित्रै हानाहान गर्ने पनि भेटिने रहेछन्। ट्याक्सी चालक गणेश खड्काका अनुसार प्रायः डान्सबार र डिस्कोतिरबाट आएका यात्रु आ–आफैँ झगडा गर्ने रहेछन्। त्योसित किन टाँसिएर नाचेको, अर्कोसँग किन बोलेको भनेर झगडा गर्ने रहेछन्। केही बाझाबाझ मात्र गर्छन् रे कोही भने कुटाकुटै पनि गर्छन्। ‘आफ्नो गर्लफ्रेण्ड अर्कोसँग नाचिन्, कुरा गरिन् भने झगडा पर्ने रहेछ,’ उनले भने‘ ‘ट्याक्सी चढ्दा ठास्सठुस्स गरेर चढ्छन्। विवाह हुँदै जान्छ। कोही गाली मात्र गर्छन्, कोही त हानाहानै गर्छन्।’

केटी खोज्ने ग्राहक
ट्याक्सी चालकको अर्को सास्ती हो यौनकर्मी खोजिदिन आग्रह गर्ने यात्रु। हुन पनि केही ट्याक्सी चालकको धन्दा यौनकर्मी मिलाउने पनि हुन्छ। व्यावसायिक रुपमा यौनकोठी चलाएर बसेकाहरु, र व्यक्तिगत रुपमा यस्तो धन्दा गर्नेहरुले ग्राहक खोज्न केही चालकलाई प्रयोग गर्ने गर्छन्। केही यस्ता चालक पनि नभेटिएका हैनन्। एक ट्याक्सी चालकले नाम उल्लेख नगर्ने सर्तमा यौनकर्मी खोज्ने यात्रुलाई मिलाइदिने गरेको स्विकारे। होटलमा लैजान खोजे सम्पर्क नम्बर दिने, कोठीमै जान खोजे लैजाने गरेको उनले बताए।

‘पु-याइदिएबापत २ हजारजति आउँछ, त्यही खोज्न आएकालाई पु-याउनु अपराध पनि त हैन,’ ती ट्याक्सी चालकले भने, ‘तर म आफैँ यात्रुलाई सोध्दिनँ। सोधे भने सम्पर्क गराइदिन्छु।’ तर सबै चालक दलाल हुन्नन्। तर प्रायः यात्रुमा त त्यही छाप छ। त्यसैले बेलुकातिर ‘केटी मिलाइदेऊ न’ भन्ने यात्रु टन्नै भेट्छन् ट्याक्सी चालकहरुले।

ट्याक्सी चालक अमृत सापकोटाको अनुभवमा प्रायः जसो भारतीय यात्रुले ‘लड्की मिलेका क्या’ भन्दै हैरान बनाउँछन्। उनीहरुले केटी मिलाइदेऊ पैसा दिन्छु भनेर हैरान बनाउने गरेको उनले बताए। ‘प्रायः भारतीय पर्यटकले ट्याक्सी चालकलाई यौनकर्मीको दलालै सम्झँदा रहेछन्,’ सापकोटाले भने, ‘जो भेटिए पनि दाइ लड्की मिलाइदेऊ न भन्ने मात्र भेटिन्छन्। लड्कीसड्की थाहा छैन भन्दा पत्याउँदैनन्। हप्काउनैपर्छ।’ भारतीय पर्यटक मात्रै हैन, यतैतिरका आन्तरिक पर्यटकले पनि यस्तै गरी हैरान बनाउने रहेछन्।

मैतिदेवी चोकमा यात्रु कुरेर बसेका ट्याक्सी चालक प्रेम दुलालका अनुसार प्रायः ठमेलतिर आउने यतैका नेपालीले पनि गुरुजीसँग केटीको कन्ट्रयाक्ट होला भनेर सोध्छन्। छैन भन्दा पत्याउँदै पत्याउँदैनन्। ‘राति ११ बजेतिर बसपार्कमा २ जना केटा आएर ठमेल जाऊँ भने। २ सय ५० दिन्छु भने। म तयार भएँ,’ दलालले भने‘ ‘ठमेलतिर पुगेपछि गुरुजीको कन्ट्याकमा केटीहरु होलान् भनेर सोधे। त्यस्ता खालका केटीहरु छैनन् भनेँ। ट्याक्सी रोक्नुस् हामी अर्को ट्याक्सीमा जान्छौ भनेर ओर्लिए।’

नयाँ ट्याक्सीमै डिल, पुराना सरासर होटल
ट्याक्सी चालक गणेशका अनुसार, पुराना जोडी छन् भने उनीहरु ट्याक्सीमा रोमान्स गर्दै होटल या लजतिर जाउँ भन्छन्। उनीहरु अल्मलिँदैनन्। सरासर फलाना ठाउँ जाऊँ गुरुजी भन्छन्। भर्खर डिल भएका या भेटिएका जोडी छन् भने कहाँ जाने भन्नै समय लगाउँछन्। उनीहरु ट्याक्सी चढ्दा एकातिर जाउँ भन्छन् अनि कुरा मिलेपछि बीचैमा अर्कोतिर जाऊँ भन्छन्। केही नयाँ जोडी भने ट्याक्सीमै मस्ती गर्न खोज्छन्। कहिले यता जाउँ, कहिले उता जाउँ भनेर टयाक्सीमै काठमाडौं घुम्न खोज्छन्।

‘बेलुका १२ बजेतिर बागबजारबाट उनको ट्याक्सीमा एक जोडी चढे। उनीहरुले भने ‘दाइ गौरीघाट जाऊँ।’ उनीहरुको उमेर त्यस्तै १७–१८ थियो होला। ट्याक्सी बागबजारबाट कमल पोखरी हुँदै अगाडि बढ्दै थियो। पछाडि बसेकाहरु के गरिरहेका छन् भनेर सीसाबाट चियाउँदा दुवै पूरै कपडा खोलेर चलिरा रै’छन्।’ -शुक्रवार