भदौ २,
काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)मा लामो समय देखि विवादित प्रमुख विभागहरुको कार्यविभाजनका साथै विभिन्न तहमा भएको कार्यविभाजन पछि पार्टी भित्र रहेको असन्तुष्टि तथा विवाद निरुपण भएको भनिए पनि वास्तवमा त्यस्तो छैन । नेकपामा विदेश, संगठन, स्कुल , प्रचार र निति अनुसन्धान विभागलाई मुख्य विभाग तथा सो विभागहरुको जिम्मेवारी पाउनुलाई प्रतिष्ठाको रुपमा हेरिन्छ । तसर्थ लामो रस्साकस्सी पछि विभागको विवाद टुंगिएको छ ।
यस अघि नै विदेश विभागमा वरिष्ठ नेता माधव कुमार नेपाल, निति अनुसन्धान प्रतिष्ठानमा वरिष्ठ नेता झलनाथ खनाल, संगठन विभागमा बामदेव गौतम चयन भैसकेका थिए भने मुख्य विवाद स्कुल विभागमा थियो । स्कुल विभागमा तत्कालिन एमाले महासचिव तथा उपप्रधान तथा रक्षा मन्त्रि ईश्वर पोखरेल र प्रवत्ताको जिम्मेवारीमा रहेका नारायणकाजी श्रेष्ठको मुख्य दावी रह्यो । साथै नेताहरु घनश्याम भुसाल, बेदुराम भुसाल लगायतले पनि दावी गरेपछि सो विभाग टुंग्याउन लामो समय लाग्यो अन्तत् स्कुल विभागको जिम्मेवारी पोख्रेलले पाए भने श्रेष्ठलाई प्रचार विभाग दिइयो ।
घठ्नाक्रमले त्यतिवेला अर्को मोड लियो जतिवेला अध्यक्षद्धयले बामदेव गौतमलाई हाल विधानमा व्यवस्था नभएको उपाध्यक्ष पदको प्रस्ताव गरे । सचिवालय बैठकले पारित गरि स्थायी कमिटीमा अनुमोदनका लागि सिफरिस गर्ने निर्णय गरे सँगै पार्टीको चौथौ बरियतामा रहेका नेता खनालले आफु अध्यक्षद्धय पछिको वरियतामा रहनु पर्ने प्रस्ताव राखे । त्यस लगतै नेता नेपालले तत्कालिन एमालेमा रहँदाको वरिष्ठता हेर्ने हो भने तत्कालिन उपाध्यक्ष भिम रावल, अष्ठलक्ष्मी शाक्य र युवराज ज्ञवालीलाई पनि सचिवालय सदस्य बनाउनु पर्ने प्रस्ताव गरे । तर भैईदियो के भने खनालको प्रस्ताव पारित गरियो अर्थात अध्यक्षद्धय पछिको मर्यादा उनले पाए । तथापी नेपालले राखेको प्रस्तावमा छलफल नै भएन । तत्कालिन एमाले र माओवादी केन्द्र विच पार्टी एकता हँुदा एमालेवाट अध्यक्ष केपी शर्मा ओली वरिष्ठ नेता द्धय नेपाल र खनाल, उपाध्यक्ष बामदेव गौतम, तत्कालिन महासचिव ईश्वर पोख्रेल र उपमहासचिव विष्णु पौडेललाई सचिवालय सदस्य बनाइयो । उपमहासचिव पौडेललाई नेकपाको महासचिवको जिम्मेवारी दिदाँ उपाध्यक्षहरु रावल, शाक्य र ज्ञवालीलाई सचिवालय सदस्य बनाईएन । सो मुद्धालाई नेता नेपालले यतिवेला बिउँझाएका छन् ।
यसवाट कुनै नेतालाई दोहोरो तेह्रो जिम्मेवारी त कतिपए नेताहरु जिम्मेवारी विहिन रहेको भन्दै नेपाल पक्ष नेता कार्यकर्तामा चरम असन्तुष्टी बढेको देखिन्छ । यसवाट नेता नेपाललाई कम्जोर बनाउन अध्यक्ष आलीले गौतम र खनाल कार्ड खेलेको नेपाल पक्षको बुझाई देखिन्छ । सुरु देखिनै दुईपक्ष टक्राव रहेको तत्कालिन एमाले समुहमा यस प्रकरणवाट गुटबन्दी संस्थागत हुने देखिन्छ ।