औषधि व्यवस्था विभागको चेतावनी दर्ता नभएका औषधि बिक्री गरे प्रमाणपत्र खारेज

416

भदौ २,
काठमाडौं । औषधि व्यवस्था विभागले कानून बमोजिम दर्ता नभएका औषधिहरु बिक्रि वितरण नगर्न सबै थोक तथा खुद्रा बिक्रेताहरुलाई अनुरोध गरेको छ। विभागले निरीक्षण तथा अनुगमनको क्रममा त्यस्ता औषधिहरुको संचय, बिक्री वितरण गरेको पाइएमा औषधि ऐन बमोजिम त्यस्ता औषधिहरु जफत गरिनुका साथै पसलको दर्ता प्रमाणपत्र खारेज गरि कारबाही गरिने चेतावनी समेत दिएको छ।

विभागले सोमबार सूचना जारी गदै औषधि ऐन, २०३५ को दफा १० बमोजिम औषधि बिक्री वितारण गर्न अनुमति लिएका थोक तथा खुद्रा बिक्रेताहरुलाई दर्ता भएका औषधीहरु मात्रै बिक्रि वितरण गर्न भनेको छ।