Thursday, October 22, 2026
Home शिक्षा सिटिइभिटीले उच्च अदालतको फैसला नमान्दा ३० जना बिद्यार्थीको भबिस्य अन्यौलमा

सिटिइभिटीले उच्च अदालतको फैसला नमान्दा ३० जना बिद्यार्थीको भबिस्य अन्यौलमा

345

साउन २९,
भक्तपुर ।  सिटिइभिटीले उच्च अदालतको फैसला नमान्दा ३० जना बिद्यार्थीको भबिष्य अन्यौलमा परेको छ । भक्तपुरको चक्रवर्ती हवि एजुकेसन एकेडेमीमा अध्यन गर्ने बिद्यार्थीहरुको परिक्षाको समयमा समेत रजिष्ट्रेशन नआएपछि विद्यार्थीहरु अन्यौलमा परेका हुन् । यस अघि २०७४ मा मापदण्ड नपुगेको भन्दै सिटिभिटीले सम्वन्धन रद्द गरेपछि कलेजले उच्च अदालत पाटनमा कलेज संचालनको माग गरे बमोजिम २०७४ माघ १० गते सिटिभिभटीको सम्वन्धन रद्द गर्ने निर्णय बदर गर्यो । त्यसपछि भर्ना भएका विद्यार्थीहरुको रजिष्ट्रेशन समेत सिटिभिटीले लिएन ।

कलेज फेरी अदालत शरणमा गयो । उच्च अदालतले २०७६ साउन २ गते रजिष्ट्रेशन दिई विद्यार्थीलाई परिक्षामा सामेल गराउनु भन्ने आदेश जारी गर्यो तथापी सिटिभिटीले सो आदेश समेत कार्यान्वयन गरेन । तत् पश्चात साउन २० गते ३ दिन भित्र आदेश कार्यान्वयन गरी जानकारी गराउनु भन्ने आदेश उच्च अदालतबाट हँदा समेत सिटिभिटीले सो आदेशको समेत अवज्ञा गरेको भन्दै कलेजका कार्यकारी अध्यक्ष निल कृष्ण ताम्राकारले पत्रकार सम्मेलनमा जानकारी गरेका हुन् ।