साउन २७,
काठमाडौं । उदयपुर त्रियुगा नगरपालिका–१० का ५५ वर्षीय हरीप्रसाद आर्चायले सुसाइट नोट लेखेर शनिबार राति आत्महत्या खुलेको छ । उनले मालपोत कार्यालय कलंकींमा रहँदा भ्रष्टचार मुद्दा लागेपछि स्वैच्छिक अवकाश लिएका थिए । पूर्व कर्मचारीले आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविनकुमार घिमिरेको नाममा सुसाइट नोट लेखेर आत्महत्या गरेका हुन ।
उनको सुसाइट नोट
‘सतिले सरापेको देश रहेछ, मैले दुई पैसा खाएको छैन, तर म देशको ठूलो भ्रष्टचारी भए, अख्तियार प्रमुख आयुक्त नविनकुमार घिमिरेको आयु २ सय वर्ष होस्, म जस्ता निर्दोषलाई विशेष अदालतमा मुद्दा छ, रमेश भाई काठमाडौँमा सहयोग गर्नु । आफ्नो नाममा पुराण लगाउने काम नगर्नु र नउक्साउनु, मलाई सबैले राम्रो देख्लान तर पारिवारिक वातावरण मिलाउन सकिन, कामबाट चोखिने काम मात्र गर्नु, मैले काम गर्दा भएको गल्ती हो, स्वीकार गरी नेपाल सरकार बनाइसकेको थिए । ‘ममिले छोराहरुसँग र सासुसँग मिलेर बस्नु र छोराले पनि ममिलाई राम्रो गर्नु । म बिदा भए । खातामा पैसा छन्, श्रीमती केही जान्दिन साथीभाईले मनैले सहयोग गर्नु, मलाई बस्नेतको आँपगाछी हुँदै जंगलमा खोज्नु । कान्छो छोराको व्याचलर सकुला भनेको थिए सकिन, पापी भए । वााणिज्य, नेपाल, एनसिसी एनआईसी बैंकमा के कति पैसा छ, चेक दराज भित्र सानो व्यागमा छ, अन्यमा पैसा भए पनि कमै छ । त्यसअघि उनले लेखेका छन, ‘बिरेन्द्र काका लगायत छिमेकीले भैसी, खसी तह लगाई दिनु । आमा साहिली बुहारी र भतिजाले सुरक्षा गर्नु । सबै ढोका बन्द गरेर कान्छो छोरा पढाएर गोमा काठमाडौँ बस्नु, गोमाले रंंगिन लुगा लगाउनु, १३ औँ दिनमा सबै फुकाउनु । नेपाल निजामती कर्मचारी संगठन उयपुरका पूर्व कोषाध्यक्षसमेत रहेका आचार्यले ‘संगठनका साथीहरुले मेरो योगदानको कदर गर्दै सहयोग गरि दिन समेत नोटमा लेखेका छन् । २५ गते बेलुका ६ बजे सुसाइट नोट लेखि घरबाट बाहिरिएका आचार्यले अन्तमा आफन्तले भैंसी, खसी जतिमा हुन्छ त्यतिमा बिक्री गरी सहयोग गरि दिनसमेतआग्रह गर्दछु भनेका छन् ।