कथाः लिली अन्तिम भाग

189

– जानु कम्बाङ्ग लिम्बू
…………..आमाले मेरो बाबालाई छोरी जन्मेको खुशीको खबर दिन सिंगापुर उड्नु पर्ने तर हंगकंग उड्नु भो । पछि म बुझ्ने भैसकेपछि मात्र थाहा पाएँ, आमाले त फेरि कहिल्यै भेट नहुने गरि त्यो केटा यानेकि मेरो बाबासँग नाता तोडेर आएको रहेछ । म बोजु संगै हुर्कें, बढें अनि पढें । आमाले पैसा कमाउँदै पठाउनु हुन्थ्यो । साथमा राम्रा राम्रा उपहारहरू हरेक महिना आउंथ्यो, म यति खुशी सँग हुर्कें कि मलाई जन्म दिने बाबा पनि छ यो दुनियामा भन्ने कुरै भूलें । बाबा साथमा नभए पछि मान्छे जन्माउन महिला पुरुष दुवैको सहकार्य चाहिन्छ भन्ने ज्ञानसम्म भएन ।

घरमा म जन्मनु अघि नै बाजे बितिसक्नु भएको थियो । कान्छी छेमा, म र बोजु मात्र घरमा हुन्थ्य लाग्थ्यो म आमाकै छोरी हुँ मलाई आमाले एक्लै बनाएर जन्माएकी हुँ । जब म स्कुल जना थालें तेस्पछि साथीहरूको जोडी बाबा आमा देखेर मनमा बिस्तारै सवाल पैदा हुन थाल्यो । एकदिन हिम्मत बटुलेर बोजुलाई मेरो बाबा कहाँ छ बोजु ? भनेर सोधें ! मलाई थाहा छैन नानी तेरो आमालाई सोध्नु पर्छ भनिन् ।

जब म ११ पुरा पुगी १२ लाग्दा अचानक मेरो ईनरमा रगत देखा पर्यो । म भित्र एक किसिमको आनन्द पैदा भो, लाग्यो म पनि अब आमा बन्द योग्य मान्छे बने । मेरो आमाले मलाई बनाए जस्तै म पनि अब एउटा मन पर्ने बच्चा बनाउँछु । तर बच्चा बनाउने बिधी भने थाहा थिएन । मेरो क्लासमा पढ्ने एउटा केटा थियो । हाम्रो स्कुल जाने आउने बाटो एकै भएर पनि होला हामी सजिलै नजिकिन लाग्यौं त्यो बेला म ८ कक्षामा पढ्दै थिएँ । उसलाई हेरेर कल्पना गर्थें, मेरो बाबा पनि यो केटा जस्तै होला तर, कहाँ होला ?

उहाँलाई मेरो याद आउँछ आउँदैन ? म जन्मेको छु फिलिपिन्समा भन्ने थाहा छ कि छैन ? यस्तै प्रश्नहरू मनमा महिनौ नकोरिएको कपाल झैँ छुटाउनै नसक्ने गरि लट्टा पर्थे कहिलेकहिँ पछि सेकेण्डरी स्कुल सकेर कलेज पढ्न भिन्दा भिन्दै कलेज तिर लाग्यौं । म आफ्नै जिन्दगी संग लुकामारी खेल्दा खेल्दै त्यो केटालाई भूलें । जिन्दगीले तेस्ता मोड, थुम्का, डाँडा काँडा, पहाड पर्बत धेरै पार गरौँदै यहाँसम्म ल्याई पुर्यायो । पछि छुटेका बाटोलाई फर्केर परसम्म हेर्न सकिन्छ तर, फर्केर फेरि त्यहाँ पुग्न सकिंदैन जिन्दगी पनि तेस्तै रहेछ । सबै साथीहरू मलाई भन्थें तेरो बाबा हेन्सम थियो होला सायद ! त्यै भएर तँ सारै सुन्दर गुलाब जस्तो छेस तर, मलाई आफु गुलाब होइन काँडा जस्तो लाग्थ्यो ।
होइन, होइन तिनीहरूले सहि भनेका हुन् मलाई पनि तिमी सारै राम्रो लाग्छ सायद मिक्स भएर होला । उनको सुन्दरतालाई हतियार बनाएर उनको अलिकति दःुख ताछने कोसिस गरें मैले । उनि पनि हल्का मुस्कुराईन् सोंचे मेरो प्रसंशा काम लागेछ ।

उनले भन्न थालिन् मैले नर्सिङ्ग पास गरेको १ बर्ष पछि आमा फिलिपिन्स आउनु भो । घरबाट टाढा भएकोले उतै क्वाटरमा बसेर फिलिपिन्सको सिटी हस्पिटलमा काम गर्न थालेको थिएँ । एकदिन बोजुले फोन गरेर घर बोलाए पछि बिदा मिलाएर घर पुग्दा देखें हाम्रो घरको आँगनमा सानो नानि बेलून उडाउदै थियो, म छक्क परें । भित्र आमा र बोजु गफ्फ गर्दै रहेछन् । मलाई देखेर खुशीले रुँदै अँगालो हाल्नु भो आमाले तर, मलाई छाडेको १२ बर्ष पछि आमा घर आउँदा पनि मलाई खुशी लागेन ।

मैले सोफामा बस्दै मेरो बाबा खोई ? भनि सोधें । आमा मलाई हेर्दै त्यो तेरो बाबाको कुरो नगर ! मलाई तेस्को कुनै कुरो सुन्नु छैन भनिन् । तेसै पनि तेरो अनुहार त्यो धोकेबाजको जस्तै भएकोले तँलाई देख्दा मेरो निको भैसकेको मेरो घाऊहरू बल्झिन्छ्न । तेसैले पनि म तँ बाट टाढा बस्न चाहेको हो तेसको लागि मलाई माफ गरिदे छोरी । तर, म तँलाई असाध्यै माया गर्छु । बस, यति सम्झी तेरो बाबाको थर ठेगाना मलाई थाहा छैन । उसले म सँग बसुन्जेल आफ्नो स्वार्थ पूर्ति गर्यो सकेपछि, रस चुसेर फ्याँकेको आँपको कोया झैं सम्झ्यो । यति भनेर आमा रुन थालिन् ।

त्यो दिन साँझ हाम्रो घरमा रुवाबासी भो, त्यै बेला बोजुले भन्नु भो लिली तेरो आमाले यत्रो पढायो लेखायो । उसलाई रुवाउनु पाप हो छाडी दे, मलाई पनि थाहा छैन तर उसको भनाई अनुसार, तेरो बाबाको देश पत्ता लागेमा उसलाई छाडेर जाँनछस भन्ने चिन्ता हो कि जस्तो लाग्छ । बोजुले यति भनेर सान्त्वना त दिलायो तर मलाई आफ्नो अनुहार फेरी ऐनामा हेर्न मन लाग्यो, दौडेर कोठातिर गएँ ढोका थुनेर ऐइना हेर्दै रुएं रातभरि ।

भोलि पल्ट ड्युटी थियो उठेर कामतिर लागे । पाप गरें कि पुण्य गरें कुन्नि फर्केर आमालाई भेट्न गईन । मलाई सबै भन्दा दुख आमाले विश्वास नगर्नाले लाग्यो ्विश्वास गरेर मेरो मन शान्तिको लागि मात्र भएपनि मेरो बाबाको बारेमा बताएको भए उनले मलाई गुमाउनु पर्ने थिएन ।
म बाबाको बारेमा जान्न मात्र चाहान्थें, जान होइन ्र म नर्श बने आमा जहाँ रहेपनि उनको सपना पुरा भो । तर आमाले मेरो यति सानो ईच्छा पुरा गरिदिनु भएन । नत्र अहिले कसैले तिमी कुन देशको ? भनि सोध्दा सिर उठाएर आफ्नो देशको नाम र फिलिपिन्सलाई मावला भन्ने थिए । मैले म जन्मनु अघि नै हराएको देश, जन्मेर पनि भेटेको छुइन । बोजु र आमाको मनमा मेरो बाबा नराम्रो मान्छे थियो । तर, मेरो मनले त त्यो पनि गर्न सकेन । किन कि म कसैको बारेमा सबै कुरो नजानी नबुझी उसलाई नराम्रो ठान्न म भित्रको मानबताले दिदैन ।

सानो भाईलाई फेरि बोजुको थाप्लोमा छाडेर, आमा १ महिना पछि फिर्नु भो रे । आमा जहाँ, जहाँ पैसा कमाउन जान्थिन् एक एक ओटा नानी लिएर आउँथिन । खोई बोजुले कसरि सहन्थिन् कुन्नि तर, मैले सहन सकिन । मलाई त्यो नानीको अनुहार हेर्न पनि मन लागेन र घर पनि गईन । बोजुले मलाई फोनमा भन्थिन् तेरो आमाले यो नानीको बाबासँग बिहे गरेको रे अहिले उसैले हंगकंग बस्ने आईडी कार्ड मिलाई दिएको छ रे । मैले खासै चासो राखिन बोजुको कुरोलाई, किनकि मेरो टाउकोमा मेरो बाउको थर, ठेगाना र नाम जान्ने भुत सवार थियो ।

ओह ! माई गड ? अनि अहिले तिम्रो आमा हंगकंग मै छन् त ? उत्सुक हुँदै सोधें मैले । उतै होलान् अनि बोजु नि ? बोजु घरमै छिन् बेला बेला मै खर्च पठाउँछु । अहिले त कान्छी छेमा पनि कमाउने भैसक्नु भो गाउँकै स्कुलमा टिचर गर्छिन, भन्दै लामो सास तानिन् ।
पेशाले हामी दुई नर्श, उनि अझै बाबाको खोजीमा छिन् म आफ्नै भबिस्यको खोजीमा छु । जब मैले उनको कथा सुने अनि लिली मलाई आफ्नै जस्तो लाग्न थाल्यो । म, सिंगापुरमा हुने आफन्त काका, बडा, दाजुभाई र आफन्तहरूको अनुहार संग उनको अनुहार अल्टाई पल्टाई मिलाई रहन्छु । कहिले काका जस्तो देख्छु, कहिले दाई जस्तो, कहिले दुरुस्तै आफ्नै बाबा जस्तो देख्छु अनि छक्क पर्छु ।

ताप्लेजुङ्ग जन्मनु भएकी स्रष्टा कामको सिलशिलामा हाल बेलायतको अक्सफोर्ड शहरमा बस्नु हुन्छ । उहाँले प्रवासमा रहेर पनि नेपाली साहित्यको क्षेत्रमा कलम चलाउदैं आउनु भएको छ ।