हङ्‍कङमा प्रदर्शनः चीनको चेतावनी

153

साउन २१,
बीबीसी । चीनले आगोसँग खेल्ने प्रयासले आफैँलाई जलाउनेु भन्दै हङ्‍कङका प्रदर्शनकारीहरूलाई कडा चेतावनी दिएको छ। हङ्‍कङस्थित चीनको कार्यालयले प्रदर्शनकारीहरूलाई केन्द्रिय सरकारको संयमलाई कम नआँक्न भनेको छ। हङ्‍कङमा लगातार नौ सातादेखि सरकारविरोधी प्रदर्शनहरू भइरहेका छन्।
सोमवार आह्वान गरिएको हड्तालको कारण हङ्‍कङका दुई सय उडानहरू रद्द भएका थिए। प्रदर्शनकारीहरूले प्रहरी ज्यादतीको आरोपको निष्पक्ष छानबिन, प्रजातान्त्रिक सुधार र नेता क्यारी लामको राजीनामा माग गरेका छन्। प्रदर्शनका क्रममा प्रहरीहरूसँग मुठभेड भएका र त्यसले हङ्‍कङका बासिन्दाहरूका लागि स्वतन्त्रताको महत्त्व दर्शाउँदै बेइजिङको लागि चुनौती खडा गरेको बताइएको छ। विगतमा ब्रिटिश नियन्त्रणमा रहेको हङ्‍कङ चीनको अङ्ग भएपनि त्यहाँ चीनमाभन्दा बढी स्वतन्त्रता छ।

चीनले बोल्नुको अर्थ
कट्टरपन्थी प्रदर्शनहरूलेु हङ्‍कङलाई धेरै खतरनाक अवस्थाको नजिकु पुर्‍याएको हङ्‍कङ तथा मकाउ मामिला कार्यालयका प्रवक्ता याङ गुयाङले बताएका छन्। उनले प्रदर्शनकारीहरूलाई संयमतालाई कमजोरी नसम्झन चेतावनी दिए। उनले लामलाई राजीनामा गराउने प्रयासले कहिँ नपुर्‍याउने भन्दै प्रदर्शनले हङ्‍कङको अर्थतन्त्रमा गम्भीर असर पुर्‍याएको बताए। यो चीनले प्रदर्शन शुरू भएयता जारी गरेको सबैभन्दा कडा चेतावनी हो।