कथाः लिली (पहिलो भाग)

153
तस्विरः लेखिका जानु काम्बांग लिम्बू

– जानु कम्बाङ्ग लिम्बू

म पनि मुस्कुराएँ, उनि पनि मुस्कुराईन्न, हाम्रो दुई भिन्दा भिन्दै ओठबाट, एकबिहानै साटिए दुई भिन्दा भिन्दै मुस्कानहरू । हामीले भर्खर साटेका मुस्कानमा अनगिन्ती थकानका सुसेलीहरू त थिए नै, जसलाई हामी दुबैले महसुस गरिरहेका थियौ । यसरि नै दिनभर मुस्कुराएर भित्र भित्रै बिना आँशुको रुवाई रुनुत छ परदेशमा । यो भनाई हाम्रो होइन, हाम्रो भोगाईको हो । म र लिली एकै ठाउँको कामदार हौँ । हामीले काम पनि संग संगै थालेका हौँ । पेशाले मात्र नर्स कामले भने गोरू जस्तै हौँ, यो पनि हाम्रो भोगाई र दुखाई हो । हामी आ–आफ्नै चिया बोकेर टेबलमा पुग्छौ । पल्लो पट्टि उनि र वल्लो पट्टि म हुन्छु, अर्को टेबलमा केहि स्टाफहरू अघिदेखि गफिरहेका हुन्छन् ।
उनीहरूको सामू हामी मौन ब्रत बसेझैं फोन निकालेर हेर्न थाल्छौ । किन कि हामीलाई कामको समय फोन साथमा राख्न अनुमति छैन् । २० मिनट भित्र फोनबाट गरिने धेरै काम भ्याउनु छ !

म, जस्तै लिली आफ्नै फोनमा व्यस्त छ । कुनै बेला उनि आफ्नो देशमा बोजुसंग बोल्दा बोल्दै २० मिनेट समय सकिन्छ, छेउमा पिउनै भुलेर चिसो भईसकेको । कप चिया चुपचाप मिल्काउञ्छिन्न हात धुने सिङ्कमा लगेर । अनि मुस्कराउँन थाल्छिन् बिमारीहरू सँग मक्खै भएर । मक्ख पनि कति सम्म हुने तेस्को लेखा जोखा पनि भोगाईले गरेको छ हामीलाई । ब्याट्रीले चल्ने खेलौना जस्तै बिमारीहरूको सामु अन र एक्लै हुँदा भै अफ रहन्छ हाम्रो मुड । अझ फेसबुकको साथीहरूको कमिला झैँ ताँती लागेर बसेका मसेजको जवाफ लेख्न त कहिल्यै भ्याउनु छैन । सोच्छु यो कस्तो व्यस्तता हो ? रेल जस्तो कतै माटो नछुई तातो फलामकै लिकमा हरेक दिन जीन्दगी कुदाएर बाँच्नु पर्ने ? कमाएको पैसाले कहिल्यै नपुग्ने, होइन दुनिया नै महंगीएको हो कि ? मान्छेहरूको आवश्यकता बढेको हो ? बुझिसक्नु छैन गाँठे । मेरो गुनगुन सुनेर के भो तिमी ठिक छौ ? भनि सोध्छिन् लिली । म छोटो उतर दिंदै भन्छु ठिकै छु ।

 

मनमा जति रिस, राग, पिर ब्यथा भएपनि नदेखाउने बानी विदेशीहरूको लोभ लाग्दो हुन्छ । थेङ्ग्स भन्दै छिर्छु ट्वाईलेटमा । इन बक्समा मिक्स खालको मेसेजहरू आएर मलाई कुरिरहेका थिए, पहिलो मेसेज बहिनीको दिदी म काठमाडौँ आएको छु खर्च हालिदे न ? दोस्रो सेवारो बहिनी के छ खबर एकजना अपरिचित पुरुषको मेसेज तेस्रो, मम्मी मलाई एपलको आई प्याड पठाई दिनुस न छोरीको मेसेज ……समय सकियो ३ मेसेज हेरिसक्दा, जुरुक्क उठ्छु हस्पिटलको लुगा तानक तुनुक पार्छु

कामको व्यस्तताले कागती जस्तै अमिलिए मनले पनि सिष्टाचारको मेलो छाड्नै नमिल्ने बडो अप्ठ्यारो भिर जस्तो जिन्दगी । मेरो कुरोको जवाफमा मुसुक्क हाँस्छिन् लिली । ओह ! साँच्ची तिमीले हिजोको रिपोर्ट लेख्यौ चाट पÞmाईलमा ? अघिल्लो दिन संगै काम गरेको र काममा के–के गरियो सबै रिपोर्ट लेख्नु पथ्र्यो यो हामीले । अहँ, लेखिन न त ! तिमीले लेख्यौ जस्तो लाग्यो सो ? मैले भने, ठिकै छ मिति हिजकै राखेर आज लेखौंला, उनले भनिन् ।

घुम्न निस्केका प्रेमी प्रेमिकालाई जस्तो प्यारो लाग्दै लाग्दैन कामदारहरूलाई समय । साँझ घर पुगेपछिको समय भने अतिनै प्यारो लाग्छ, उज्यालो नभई दिए त काममा पनि जान नपर्नेथ्यो झैं लाग्छ । बिदेशमा थाक्न पाईन्छ तर, आराम गर्न पाइन्दैन ! एकछिन मेलो खनेर थकित सरिर बिसाउने चौतारी छैन, खेत छ टेक्ने आली छैन, खाजा बोकेर मेलो आउने बजै छैनन् । औलको मेलो सकेर एकदुई दिन आराम गर लेकको अलैची गोड्ने बेला भाछैन भन्ने बाजे छैनन् । बस, समयले मुठा बाँधेर लगातार रोपी रहन्छ छुपुछुपु ….असारे धानको गावा जस्तो हामीलाई । हुन त यो सियो झैं मनमा गाडिएर बसेका सारा दुखेसोहरू नितान्त मेरो मात्र कथा ब्यथा हुन्  । लिलीको फरक छ । म काम गरिरहेछु मेरो मेसेंजरमा अघिदेखि भाईब्रेसन बजेको छ । हेरौं भन्छु फुर्सद छैन् । सिस्टर म एकछिन ट्वाईलेट जना सक्छु ? औषधिको ट्रली तानेर करिडोरमा आउंदै गरेको स्टाफ नर्सलाई भन्छु, ओके माई डियर जान सक्छौ । मनमा जति रिस, राग, पिर ब्यथा भएपनि नदेखाउने बानी विदेशीहरूको लोभ लाग्दो हुन्छ । थेङ्ग्स भन्दै छिर्छु ट्वाईलेटमा । इन बक्समा मिक्स खालको मेसेजहरू आएर मलाई कुरिरहेका थिए, पहिलो मेसेज बहिनीको दिदी म काठमाडौँ आएको छु खर्च हालिदे न ? दोस्रो सेवारो बहिनी के छ खबर एकजना अपरिचित पुरुषको मेसेज तेस्रो, मम्मी मलाई एपलको आई प्याड पठाई दिनुस न छोरीको मेसेज ……समय सकियो ३ मेसेज हेरिसक्दा, जुरुक्क उठ्छु हस्पिटलको लुगा तानक तुनुक पर्छु र लाग्छु वार्डतिर । लिली वार्डमा पुगेर फोनको रिसिभर सुन्दै केहि लेखिरहेकी छिन् । अन्य स्टाफहरू वरपर कुदिरहेका हुन्छन् । बिमारी भेट्न आउने भिजिटरहरूको चापले व्यस्त छ हस्पिटलको करिडोर । हेल्लो आन ? के छ खबर रिसेप्सनको केटि कफी सप बाट कफी बोकेर जाँदै गरेको देखेर बोलाउँछु ।

हाई मिसेज मलहोत्रा हाउ आर यू ? व्हिल चेयरमा आउँदै गरेको बिमारीलाई बोलाउन्दै रिसेप्सन तिर छिर्छे । आन पनि हामी जस्तै बिदेशी हुन् तर, उनि युरोप कै हुन् । उनि सिगल मम्म हुन् । एक छोरा र एक छोरी छन् दुबैको बाऊ फरक फरक हुन् उनि निर्धक्क संग बिना कुनै सरम सुनाउँछिन् । सुरु सुरुमा अनौठो लाग्ने यस्ता कुरा हामीलाई साधारण लाग्छ अचेल । मिसेज मलहोत्रा म ठेलीदिउ तिमीलाई कोठा सम्म ? लिलीले सोध्छे, वार्ड पुग्न लागेको हुन्छ मिसेज मलहोत्रा व्हिल चियरलाई आफ्नै हातले चक्का घुमाउँदै, धन्याबाद उसले भन्दा नभन्दै लिलीले कुदाउन थालिसकेको हुन्छ । म एकोहोरिएर हेरि बस्छु मिसेज मलहोत्रा एक नामी ब्यापारीको श्रीमती कार एक्सिडेन्टमा परेर खुट्टा भाँचिएर हस्पिटल बसेकी हुन् । उनि ईन्डियन हुन् तर, आउँदैन हिन्दी बोल्न अग्रेजी भने राम्रो बोल्छिन् ।

यस्ता, यस्ता नानाथरिका बिमरिहरूको सँगालोलाई, सम्हाल्दै सम्हाल्दै दिमागको पेंडूलमले हलिरहंछ लिली र मेरो । लिली सुनाउंछिन् उसलाई मोडल बन्ने ठुलो रहर थियो रे सानोमा तर, पछि ठुलो भएपछि अचानक आमाले नर्स बन्नु पर्छ भनिन् । लिली अन्तर्मुखी स्वभाबकी छिन् । उनि सारै कम मात्र हाँस्छिन् । उनको कथा र बाल्यकाल कस्तो थियो थाहा छैन ? उनि फिलिपिन्समा हुँदा के गर्थिन् थाहा भएको भए, अथवा उनि पनि म सँगै भाँडा कुट्टी र चुङ्ग्गि खेल्दै हुर्केको बालसखी भएको भए लेख्ने थिएँ उनको पनि, घाँस काट्न जाँदा कार्की बाको डाले घाँस चोरेको, बाजे बोजू निदाएपछि आधारातमा आगो फुकेर स्कुसको झ्याङ्ग्मा पिकनिक मनाएको खोलामा पौडी खेल्न जाँदा आमाको मजेत्रो बगाई पठाएको आदि आदि……। बेला बेला लिली भन्छिन, मेरी आमा सिगापुरमा काम गर्न जाँदा उहाँको एउटा बिदेशी केटा संग प्रेम थियो रे, उहाहरू बिच एकदम प्रगाड माया थियो रे उहाँहरूको त्यो अतित र प्रगाढ सम्बन्धको म जिताजगता बर्तमान हुँ । तर, आई एम सरि मलाई बाबाको नाम र देश भूलेर पनि नसोध है प्लिज मलाई पिडा हुन्छ भन्दै मुस्कुराईन् । उनि मुस्कुराएको देखेर लाग्यो पिडा पनि पुरानो हुँदै गएपछि त्यहाँ मुस्कानका बुट्टाहरू आफै भरिंदै आउँदा रैछन् । मलाई मेरो बाबाको नाम थर केहि थाहा छैन, देशको त झन् के कुरो । पछि मेरी आमाको सिगापुर बस्ने भिषा सकेर घर फिर्दा म पेटमा थिएँ रे । घरमा दुख थियो मेरी आमा घरको जेठी छोरी, म जन्मेपछि झन् मलाई हुर्काउने,पढाउने, लेखाउने जिम्मेवारी पनि थपियो । म छोरा भएको भए आमाले मलाई के बनाउन्थ्यो त्यो त थाहा छैन । तर, छोरी भएर जन्मे पछि उनले नर्श पढाउने सपना मनमा उमार्न थालिन् ।
उहाँको त्यो सपना मनमा हुर्किंदै गएपछि, उनको आँखा ओरोपरी म नर्सको यूनिपÞmर्म मा उभिन थालें । तेसपछि मलाई बोजुसंग छाडेर फेरि, मलाई नर्स बनाउने सपनाको ठेली बोकेर हंग कंग उड्नु भो । आमाले मेरो बाबालाई छोरी जन्मेको खुशीको खबर दिन सिंगापुर उड्नु पर्ने तर…….क्रमश

ताप्लेजुङ्ग जन्मनु भएकी स्रष्टा कामको सिलशिलामा हाल बेलायतको अक्सफोर्ड शहरमा बस्नु हुन्छ । उहाँले प्रवासमा रहेर पनि नेपाली साहित्यको क्षेत्रमा कलम चलाउदैं आउनु भएको छ ।