Sunday, October 4, 2026
Home पत्रपत्रिका मासुको मूल्य अस्वाभाविक रुपमा बढेपछि बजारमा अगुगमन तीव्र

मासुको मूल्य अस्वाभाविक रुपमा बढेपछि बजारमा अगुगमन तीव्र

185

कान्तिपुर दैनिक
साउन १६, काठमाडौँ — मासुको मूल्य अस्वाभाविक रुपमा बढेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कलंकीस्थित खसी बजार अनुगमन गरेको छ । बिहीबार बिहान अनुगमनका क्रममा २ वटा पसललाई ५ हजारका दरले जरिवाना गराएको छ । विभागका निरीक्षण अधिकृत दिपक पोखरेलको टोलीले अनुगमन गरेको हो। टोलीले खरीद बिक्री बिल जारी नगरेको, हचुवाका भरमा बिक्री गरिरहेको पाएको छ। व्यापारीहरुले बिल जारी नगरी जिउँदो खसीको ५६० देखि ६८० सम्ममा बिक्री गरिरहेको पाइएको छ।अनुगमन अहिले पनि जारी छ।