गण्डकी प्रदेशका ३८ कर्मचारीको जागिर चट

364

साउन १४,
पोखरा गण्डकी प्रदेश सरकार अन्तरगतका ३८ जना कर्मचारीको जागिर खोसिएको छ। अघिल्लो वर्ष प्रदेश सरकारले नै नियुक्त गरेका अस्थायी कर्मचारीहरु हटाएर फेरि अस्थायी कर्मचारीको लागि विज्ञापन आह्वान गरेपछि ३८ जनाको जागिर खोसिएको हो। प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले मन्त्रीपरिषबाट मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ कार्यक्रम सञ्चालनको लागि आर्थिक वर्ष २०७५र०७६ लाई चालु आर्थिक वर्षमा पनि निरन्तरता दिन प्रस्ताव पेश गरेको थियो।
मन्त्री परिषद अर्थमन्त्रालयको सहमति लिएर थप परिपार्जन गर्न परे परिमार्जन गर्ने अधिकार सहित सामाजिक तथा पुर्वाधार समितिमा पठाएको थियो। समितिले उक्त कार्यक्रमको दरबन्दीलाई नै निरन्तरता दिएर अघिल्लो वर्ष नियुक्त गरेका कर्मचारीलाई भने हटाएर नयाँ कर्मचारी भर्ना गर्न लागेको हो। अनि गयो ३८ को जागिर । । । प्रदेशको ३६ निर्वाचिन क्षेत्रमा भइरहेको मुख्यमन्त्री वातावरणमैत्री नमूना कार्यक्रममा लागि अघिल्लो वर्ष नियुक्त भएका ३६ जना कृषि प्राविधिक, कम्प्यूटर अपरेटर र तथ्यांक अधिकृत एक(एकजनाको जागिर गएको हो।
कार्यक्रममा खटिने कर्मचारीको दरबन्दी पनि स्वीकृत गरिएको छ। तर, अघिल्लो आर्थिक वर्षमा मन्त्रालयको सबैभन्दा सफल कार्यक्रममा खटिएका कृषि प्राविधिकहरुलाई भने यस वर्ष जानकारीबिना नै जागिरबाट हटाइएको छ। उनीहरुलाई जागिरबाट हटाएपछि मन्त्रालयले सोमबार अस्थायी दरबन्दी ९करार० मै भर्ना गर्नेगरी सार्वजनिक सूचना निकालेको छ। अघिल्लो आर्थिक वर्षमा रहेका ३८ जनालाई हटाएपछि ३८ जनानै भर्ना गर्नेगरी कृषि मन्त्रालयले सूचना निकालेको हो। हटाइएका कर्मचारीहरुले साउन महिना १ गते देखि झण्डै आधा महिना काम गरेपनि तलबसमेत नपाउने भएका छन्। गत वर्ष ५९६ जनाबाट तिनै ३८ जना योग्य ठहरिएर कर्मचारी भएका थिए।
नयाँ कर्मचारी लोकसेवाको सिस्टममा नयाँ आउने कर्मचारी लोकसेवा आयोगको सिस्मटमबाट भर्ना गरिने कृषि मन्त्री लेखबहादुर थापाले बताए। ‘सोमबारको पत्रिकामा विज्ञापन निस्केको छ,’ उनले भने, ‘लोकसेवाको विधी, ढाँचा जे हुन्छ त्यही अनुसार कर्मचारी आउँछन्।’ लोकसेवाको विधिमा परिक्षा हुने बताए पनि परीक्षा मन्त्रालय आफैंले लिने तयारी गरेको छ। आगामी भदौ महिना भित्र कर्मचारी नियुक्त गरेर फिल्डमा खटाउने गरी काम भइरहेको छ। थाह खबर