Friday, October 2, 2026
Home समाचार कस्ले ग-यो ऊर्जा र सहरी विकास मन्त्रालयका वेबसाइट ह्याक ?

कस्ले ग-यो ऊर्जा र सहरी विकास मन्त्रालयका वेबसाइट ह्याक ?

218

साउन १२,
काठमाडौं । ऊर्जा मन्त्रालय र सहरी विकास मन्त्रालयको वेबसाइट ह्याक भएको छ। मन्त्रालयका वेबसाइट खोल्दा फेमिली एट्याक साइवर नामबाट ह्याक भएको उल्लेख छ।

दिउँसो सवा २ बजे पोष्ट गरिएको जानकारी अनुसार डट जीओभी डट एनपी डोमेनमा दर्ता भएका ६ वटा वेबसाइट ह्याक भएको खुलाइएको छ । सहरी विकास मन्त्रालय, राष्ट्रिय दलित आयोग, सप्तकोशी उच्च बाँध परियोजना, विद्युत नियमन आयोग, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र केन्द्रीय बीऊ बिजन परीक्षण प्रयोगशालाको वेबसाइट ह्याक भएको हो। यी वेबसाइट खोलेर क्लिक गर्दा फेमिली अट्याक साइबर नामक फेसबुक पेजको लिंक खुल्छ।

यी वेबसाइट अहिले खुल्दैनन्। ह्याकरले यसको स्वरुप मात्रै बिगारेका हुन् वा यसको तथ्यांकहरु पनि चोरी गरेका छन् भन्ने बारे खुलेको छैन्। साइबर सुरक्षा सम्बन्धी काम गर्ने नेपाली कम्पनी थ्रेट निक्सको अध्ययन अनुसार सन् २०१७ मा मात्रै एकसय ६० वटा सरकारी वेबसाइट ह्याक भएको थियो।