साउन ९,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतका नवनियुक्त प्रधामन्त्री बोरिस जोन्सनभन्दै अरु नै कसैको ट्वीटर ‘ह्याण्डल’लाई मेन्सन गरेर बधाई दिएको केही समय पछि त्यसलाई डिलिट गरेर सही ‘ह्याण्डल’लाई मेन्सन गरेर पुन: ट्वीट गरिएको छ।
केही समय अघि मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रयोग गर्ने गरेको आफ्नो व्यक्तिगत ट्वीटर ह्याण्डल ‘@kpsharmaoli’बाट बेलायतका प्रधानमन्त्री भनेर सम्बोधन गर्दै ‘@borisjonson’ ह्याण्डलमा मेन्सन गरेर ट्वीट गरिएको थियो । खासमा बेलायती प्रधानमन्त्री बोरिसको ट्वीटर ह्याण्डल ‘@borisjohnson’ हो ।
I would like to congratulate @BorisJohnson on your election as the PM of the United Kingdom and your assumpsiton of the the high office. I extend my best wishes for your successful tenure as well as for the continued peace, progress and prosperity of the people of the UK.
— K P Sharma Oli (@kpsharmaoli) July 25, 2019
प्रधानमन्त्री ओलीले सुरुमा मेन्सन गरको ह्याण्डलबाट जम्मा ४ जनालाई फलो गरिएको छ भने ८ जनाले मात्रै फलो गरेका छन् । उता प्रधानमन्त्री जोन्सनको भेरिफाइड अकाउन्टलाई लगभग ७ लाख ५० हजार जनाले फलो गरेका छन् ।