कागेश्वरीमा मनोहरा नगरपालीकामा यस्तो छ चुनावको चहलपहल

255

चैत २१,
काठमाडौं । स्थानीय तहको निर्वाचनको आउन केही समय बाकीँ छ । तर दलका नेता तथा कार्यक्रर्तालाई भने निर्वाचनले छोइसकेको छ । यता काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा चुनावी माहौल तात्दै गएको छ । क्षेत्रफल र मतदाता संख्याका हिसाबले ठुलो नगरपालिकाका रुपमा परिचित कामनपामा प्रमुख दल नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रले मेयर, उपमेयर मात्रै होइन, ९ ओटै वडा अध्यक्षको उम्मेद्वार उठाउने गृहकार्य बढाइसकेका छन् । नयाँ नगरपालिका भएकाले आकांक्षी उम्मेद्वारहरुले पनि टिकट हत्याउनका लागि दौडधुपलाई तीब्रता दिइरहेको बताइन्छ ।
काठमाडौं क्षेत्र नम्बर २ को साबिकको गोठाटार, मूलपानी र डाछी, ३ नम्बर क्षेत्रको आलापोट, भद्रवास र गागलफेदीसहित ६ वटा गाविस मिलेर बनेको काममनापामा २८ हजार २ सय १५ मतदाता रहेका छन् । यीमध्ये एक तिहाईभन्दा बढी मतदाता गोठाटारमा रहेका छन् ।
अघिल्लो संविधानसभा निर्वाचनमा गोठाटारमा करिब १० हजार ५ सय मतदाता थिए । मतदाता संख्या धेरै रहेकाले कांग्रेस र एमालेले सकेसम्म मेयरको उम्मेद्वार भने गोठाटारबाटै दिनुपर्ने आवाज वलियो बन्दै गएको छ । यदपी मेयरका लागि दुवै पार्टीभित्र एक दर्जनभन्दा बढी आकांक्षी देखिएकाले वरिष्ठता, जनतामाझ लोकप्रिय र भेगीय सन्तुलनसमेत मिलाएर उम्मेद्वार चयन गर्नुपर्ने आवाज वलियो बन्दै गएको आकांक्षीमध्येका एकले बताए ।
यस्ता छन् एमालेबाट भीड्ने अनुहार
अहिलेसम्म मेयरका लागि एमालेबाट मणिराम फुयाल, कृष्णहरि थापा, रामशरण ढुंगाना प्रवल दाबेदारका रुपमा मैदानमा देखिएका छन् । यीमध्ये मूलपानीबासी फूयाल एमाले जिल्ला कमिटीका सचिवालय सदस्य तथा क्षेत्रीय इन्चार्ज हुन् । त्यस्तै, थापा जिल्ला कमिटी सदस्यका साथै गोठाटारका पूर्व अध्यक्ष हून भने ढुंगाना जिल्ला सचिवालय सदस्य तथा भद्रवासका पूर्व अध्यक्ष हुन् । यीमध्ये लोकप्रियता र जित्ने आधारको बस्तुगत मुल्यांकन गरेर टिकट दिइनुपर्ने आवाज वलियो बन्दै गएको छ । यसबाहेक एमालेबाटै डाछीका पूर्व अध्यक्ष राजाराम पुडासैनी, गागलफेदीका पूर्व अध्यक्ष विश्वराज श्रेष्ठ, क्षेत्रीय उपाध्यक्ष रुद्रप्रसाद चापागाईं तथा डाछीकै उपेन्द्र पौडेलले पनि मेयरकै टिकटको आशा गरेका छन् ।
उपमेयरमा भने एमालेबाटै जिल्ला कमिटी सदस्य गिता ढकाल, शान्ता थापा र बिन्दु पुडासैनीलगायत चर्चामा छन् ।
कांग्रेसमा गुटैपिच्छे उम्मेद्वार
एमालेको परम्परागत गढ रहे पनि माधव नेपालले क्षेत्र छाडेकै कारण उप निर्वाचनमा एमालेको गढ भत्काएर हर्ष बढाईमा रहेको कांग्रेसभित्र भने गुटैपिच्छे उम्मेद्वार देखिएपछि नेता कार्यकर्तामा अलमल र निराशा देखिएको छ । यद्यपि, प्रतिस्पर्धीमध्ये संस्थापन पक्षकैले नै टिकट हत्याउने विश्लेषण गर्न थालिएको छ । संस्थापनबाट क्षेत्रीय सभापति मूलपानीका उपेन्द्र कार्की, जिल्ला कार्यसमितिका पूर्व सहसचिव गोठाटारका मनहरी खड्का र नगर सभापति नवराज पुडासैनी मैदानमा आएका छन् । त्यस्तै, तेस्रो धारका नेता कृष्णप्रसाद सिटौला निकट गोठाटारकै कांग्रेसका पूर्व सभापति विनोद सिलवालले पनि टिकटको आकांक्षा राखेका छन् । पार्टीको नगर समितिको सभापतिमा भिडेर पराजित भए पनि सिलवालले कांग्रेसभित्रको बौद्धिक जमात र यूवाहरुको प्रतिनिधित्व गर्ने बताइन्छ । उता, रामचन्द्र पौडेल खेमाबाट भने डाँछीका गोबिन्द पुडासैनी र संस्थापन खेमाबाटै उद्धव खड्काले पनि टिकटको आकांक्षा राखेका छन् । उपमेयरमा भने निष्णुदेवी पुडासैनी, पवित्रा हुमागाई लगायतको चर्चा छ ।
माओवादी केन्द्रले भने एमाले र कांग्रेसलाई काउन्टर दिने उचाईको उम्मेद्वार नभेटे पनि नगर कमिटीका अध्यक्ष महेश्वर फुयाल, नगर सचिव भोला चापागाईं र लक्ष्मी कुईकेलको नाम चर्चामा ल्याएको छ ।
वडा अध्यक्षमा यी हुन् लोकप्रिय दाबेदार
एमालेले वडा नम्बर ९ मा यूवा नेता तथा अनेरास्ववियुका पुर्व केन्द्रिय सदस्य लेखराज पौडेललाई अघि सार्ने व्यापक चर्चा चलेको छ ।
नगरपालिकाका वडाहरुमध्ये सबैभन्दा बढी मतदाता यस वडामै रहेको बताइन्छ । एमालेले अघि सार्ने चर्चा चलेका यूवा नेता पौडेल पार्टी कमिटीमा अध्यक्षसमेत छन् । त्यस्तै, गाउँ कमिटीका पूर्व अध्यक्ष कुन्दन खडका र डोलनाथ पोखरेलका साथै सुर्यनाथ अधिकारी पनि चर्चामा छन् । कांग्रेसले भने उदयबहादुर कार्की, अनिल थापा र गजेन्द्र खड्का मध्येबाट एक उठाउने चर्चा चलेको छ ।
त्यस्तै, वडा ८ मा एमालेले सकृय र जुझारु व्यक्तित्व गोपिकृष्ण रिजाललाई अगाडि सार्नेगरी तयारी थालेको बुझिएको छ । गोठाटारमा पार्टी काममा लामो समयदेखि सकृय रिजाल एमाले गोठाटारका पार्टी कमिटी अध्यक्ष तथा गाउँ कमिटीका पूर्व सचिव पनि हुन् । त्यस्तै, एमालेबाटै बच्चुराम फुयाल , सुदर्शन चापागाईं पनि चर्चामा छन् । कांग्रेसमा हरिभक्त पुडासैनी, सिताराम आचार्य र लवराम दाहाललगायत टिकट हत्याउन अघि सरेका छन् ।
वडा नम्बर ७ मा एमालेले यूवा संघका नेता तथा समाजसेवामा सकृय सैलेन्द्र रायमाझीलाई उठाउने व्यापक चर्चा चलेको छ । गाउँ कमिटीका पूर्व उपाध्यक्ष रहेर पार्टीमा लोकप्रिय उचाईं हासिल गर्दै गएका रायमाझीलाई सर्बसम्मत उम्मेद्वार बनाउन दबाब रहेको बताइन्छ । यद्यपि, पाका नेताहरु शम्भु म्प्रताप राणा, राजन थापा, होमनाथ आचार्य, धमेन्द्र चापागाईं, केदार थापालगायतले पनि आकांक्षा राखेको बताइन्छ । कांग्रेसमा भने जीवन थापा र भिमसेन थापालगायत टिकटका लागि दौडधुपमा लागेका छन् ।
६ नम्बर वडामा कांग्रेसले दिनेश फुयाल, विकास केसी र शंकर विष्ट, एमालेले अधिवक्ता ज्योतीराम फुयाल, रमेश दाहाल र सुरेन्द्र फुयाल मध्येबाट एकलाई उठाउने बताइन्छ ।
५ नम्बर वडामा मदन पण्डित, धनबहादुर श्रेष्ठ र लेखनाथ पुडासैनी, ४ मा अच्युत कुईंकेललाई एमालेले उठाउने तयारी गरेको बताइन्छ । अनलाइन दर्पणबाट