महिला आयोगकी प्रमुखले बलात्कारको भिडियो ट्वीटरमा शेयर गरेपछि…

77
PTI7_24_2018_000064B

एजेन्सी, साउन ९,
काठमाडौं । दिल्ली महिला आयोगकी प्रमुख स्वाति मालीवाल मंगलबार ट्वीटरमा एक बालिका बलात्कारको पुरानो भिडियो शेयर गरेपछि विवादमा आएकी छिन् । उनले शेयर गरेको भिडियोमा बलात्कार पीडितको अनुहार स्पष्ट बुझिएपछि विवाद भएको थियो । विवादपछि मालीवालले भिडियोलाई डिलिट गरेर माफी समेतद्ध मागी सकेकी छिन् । भारतमा बलात्कार पीडितको पहिचान उजागर गर्नुलाई गैरकानुनी मानिन्छ ।

‘इण्डियन एक्प्रेस’का अनुसार भिडियो डिलिट गरेपछि माफी माग्दै मालीवालले भनेकी छिन् ,‘ भिडियो शेयर गर्नुको उद्देश्य दोषीको पहिचान उजागर गर्नु थिएन । तथापि मैले भिडियो डिलिट गरिदिएको छु । यदी मैले कसैको भावनामा ठेस पु-याएको छु भने माफी चाहन्छु ।’

हाल डिलिट गरिएको भिडियोलाई मालीवालले दिल्ली प्रहरीलाई ट्याग गर्दै शेयर गरेकी थिइन् । भिडियोसँगै उनले लेखेकी थिइन् ,‘यो हेरेर, म स्तब्ध भएँ । दिल्ली प्रहरी कृपया तत्काल एफआइईआर दर्ता गर्नुस् र यो विकृत मानसिकता भएको मानिसलाई पक्राउ गर्नुस् ।’ उता, दिल्ली प्रहरीका अतिरिक्त जनसम्पर्क अधिकारी अनिल मित्तलले भिडियो दिल्लीको नभएको बताए । मालीवालले ट्वीट डिलिट गर्नु अघि २ सय पटक शेयर भइसकेको थियो ।

यस प्रकरणबारे दिल्ली प्रहरीका एक अधिकारीले भने,‘ यो आईपीसीको धारा २२८ए (अपराध पीडितको पहिचान सार्वजनिक गर्नेसम्बन्धमा) को उलंघन हो तर उनीविरुद्ध हालसम्म कुनै मुद्दा दर्ता भएको छैन ।’