‘साइनो’को ‘क्या बात छ’मा नीताको बोल्ड नृत्य (भिडियो सहित)

282

साउन ८,
काठमाडौं । नायिका भुवन थापा चन्दले निर्माण गरेको फिल्म ‘साइनो’को ‘क्या बात छ’ बोलको गीत सार्वजनिक भएको छ । मिना निरौलाको स्वर रहेको गीतमा नीता ढुंगनाले आइटम डान्स गरेकी छन् । भिडियो हेर्नुस् :

यमन सुवेदीको शब्द रहेको गीतमा किरण भुषालको संगीत रहेको छ । त्रिकोणात्मक प्रेमकथा आधारित फिल्ममा नीता ढुंगानासँगै मिरुना मगर, राज कुमार, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, रोयदीप श्रेष्ठ, श्याम राई, शिखा मल्ल, धमेन्द्र आचार्य, विशाल पहाडी, बसुकला मैनाली लगायत कलाकारको अभिनय रहेको छ ।

रमेश थापाले निर्देशन गरेको फिल्ममा अभिमन्यू ‘निरवी’को कथा लेखन रहेको छ । रामेश्वर कार्कीले छायांकन गरेको फिल्मलाई बनिष शाहले सम्पादन गरेका छन् । यो फिल्म साउन २४ गते देखि प्रर्दशन हुँदैछ ।