Saturday, September 26, 2026
Home समाचार ओभरलोड ट्रक पल्टिएपछि ७ सवारी ठोक्‍किए, २ को मृत्यु

ओभरलोड ट्रक पल्टिएपछि ७ सवारी ठोक्‍किए, २ को मृत्यु

100

साउन ७,
हेटौंडा । पूर्व-पश्चिम राजमार्गअन्तर्गत हेटौंडा १५ रातोमाटेमा भारतीय ट्रक पल्टिएर ७ सवारीसाधनलाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ भने ८ घाइते भएका छन् । ट्रकले किच्दा ना १ ह ८८२४ नम्बरको अटोका चालक मकवानपुरको बसामाडी ३ घर भई हेटौंडा ९ बस्ने ३० वर्षीय सुजनकुमार ढकालको मृत्यु भएको हो। मकवानपुर प्रहरी प्रवक्ता डिएसपी यज्ञप्रसाद भट्टराईका अनुसार अर्का मृतकको सनाखत हुन भने सकेको छैन।

सोमबार राति वीरगंजबाट हेटौंडातर्फ आउँदै एनएलओआइडी ८०३१ नम्बरको भारतीय मालबहाक ट्रक ओभरलोडका कारण उकालो चढ्न नसकेपछि बाटोमा बिग्रिएको थियो।बिग्रिएको १८ चक्‍के ट्रक बनाएर हेटौंडातर्फ जानेक्रममा मंगलबार पल्टिएको हो। घाइते ८ जनाको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ।तीमध्ये एकजनाको अवस्था गम्भीर छ। ट्रकले ३ बस, एक सुमो, एक अटो र एक मोटरसाइकललाई ठक्कर दिएको थियो। ट्रक पल्टिँदा सोमबार रातिदेखि पूर्वपश्चिम राजमार्ग अवरुद्ध थियो।