नागरिक दैनिक
साउन ७,
इलाम । भारतीय सीमा सुरक्षा बल ९एसएसबी० ले पूर्वी सीमा क्षेत्रका नेपालीमाथि अनावश्यक दुःख दिएको छ। सीमा क्षेत्रको नेपाली भूमिमा सडक, घर, चर्पी बनाउन अवरोध गरिरहेको एसएसबीले सूर्योदय नगरपालिका–२ चारमाइलको कच्ची सडकसमेत बन्द गराउने प्रयास गरेको छ।
म्गपपब ज्गलगक
नेपाल भएर भारततिर छिर्ने वर्षौं पुरानो कच्ची सडकमा खाडल खनेर एसएसबीले आउजाउ अवरोध गरेको हो। विशेषगरी नेपालतर्फको तरकारी भारतमा बेच्न बन्द गराउने ध्येयले सडकको दसगजामा खाडल खनेर अवरुद्ध गरिएको पशुपतिनगरस्थित सशस्त्र प्रहरीले जनाएको छ। ‘वर्षौं पुरानो कच्ची सडक बन्द गराउने प्रयासमा एसएसबीले बीच सडकमा खाडल बनाइदिएको रहेछ,’ सशस्त्र प्रहरीका इन्स्पेक्टर शशांकजंग कार्कीले भने, ‘सडक दुवैतर्फ भए पनि दसगजा जहाँ पर्छ, त्यहीं खाडल गनेर बाटो बन्द गराइएको रहेछ।’ एसएसबीका जवानले ‘माथिको आदेश’ भन्दै सडक अवरुद्ध गरेको उनले बताए।
पशुपतिनगरमा भन्सार कार्यालय रहे पनि पूरा कारोबार गर्नेगरी खुलेको छैन। भारतपट्टि पनि कस्टम अफिस नहुँदा पशुपतिनगरबाट अवैधरुपमा सामान आयातनिर्यात भइरहेको हुन्छ। तर नेपालमा उत्पादित ठूलो परिमाणको तरकारी पशुपतिनगरबाट भारत जान्छ। ‘एउटा चारपाङ्ग्रे सवारीले एकपटकमा १ सय १३ रुपैयाँको रसिद काटेपछि उसले बोकेको तरकारी वैध हुन्छ तर एसएसबीले चाहिँ भारत छिराउन दिएको छैन,’ कार्कीले भने, ‘वर्षौंदेखि यही क्रमले चलिरहेको तरकारी निर्यात अवरोध गर्न र हिँडडुलमा बाधा गर्न सडक अवरोध गरिएको बुझिन्छ।’
इलामको पूर्वी साढे ५२ किलोमिटर भूभाग भारतसँग जोडिएको छ। सीमास्तम्भ नभएको, भए पनि लामो दूरीमा मात्र भएकाले सीमा नै कहाँ हो भन्ने पत्ता लगाउन समस्या छ।
केही महिनाअघि एसएसबीले सन्दकपुर गाउँपालिका–५ जमुनाको गैरीबास–कालपोखरी ट्रेकिङ रुट निर्माणको काम रोक्यो। सुरुमा नापजाँचमा नबोलेको एसएसबी जब काम सुरु भयो, तब कामै गर्न नदिनेगरी प्रस्तुत भयो। ‘त्यो ट्रेकिङ रुट नेपालकै भूमिमा पर्छ तर जब काम थालियो, एसएसबीका जवानले अवरोध गरे,’ ट्रेकिङ रुट निर्माण तथा उपभोक्ता समिति अध्यक्ष उमेश गुरुङले भने, ‘धम्क्याउने, बन्दुक देखाउने र काम नरोके जे पनि हुनसक्ने धम्की दिए।’ लामो समयको संघर्षपछि ट्रेकिङ रुटको काम भने सकिएको उनले बताए।












