मुगुमा मौलाएको भू–माफियातन्त्र, सरकारी जमिनमा शहर

129

नेपाल समाचारपत्र
साउन ६, मुगु । कहिले प्रधानमन्त्रीनिवास बालुवाटार त कहिले विभिन्न सार्वजनिक स्थानका जग्गा हडपेर आफ्नो बनाई बिक्री गरेर देशभर आतङ्क फैलाएका भू–माफियाहरूले मुगुमा पनि आतङ्क मच्चाउन थालेका छन् । उनीहरूले मुगुको पश्चिम भेगस्थित खत्याड गाउँपालिकामा रहेको मार्थिचौरको सार्वजनिक जग्गा अतिक्रमण गरेर निजी घर बनाएका हुन् । स्थानीयबासीका अनुसार ती भू–माफियाहरूले पछिल्लो केही समययता बाँकी रहेका ती जग्गा जग्गा धमाधम खरिदबिक्री गरेका छन् ।

नापी कार्यालय मुगुको तथ्याङ्कअनुसार साविकको श्रीकोट गाविस–६ मा रहेको हालको खत्याड गाउँपालिका–५ मार्थिचौर भन्ने स्थानमा रहेको उक्त जग्गा सरकारी हो । २०५०/२०५१ को एकोहोरो नापीअनुसार उक्त जग्गाको क्षेत्रफल १५ हजार ७ सय ९७ दशमलव ५० वर्गमिटर रहेको कुरा सरकारी कागजमा स्पष्ट उल्लेख छ । नापी कार्यालय र मालपोत कार्यालयका अनुसार तीमध्ये धेरैजसो जग्गामा ५१ वटाभन्दा बढी घर बनाई ती जग्गामा बजार बसाउन लागिएको छ । स्थानीयबासीहरूबीच कुरो नमिल्दा २०५०/२०५१ भन्दा अघिदेखि नै उक्त जग्गा नापी हुनसकेको थिएन ।

उक्त ठाउँमा आफू जन्मनुभन्दा पहिले बाजेको पालादेखि नै गाईवस्तु चराउने गरिएको बताउँलदै सोही गाउँपालिका–४ केरैगाउँका ७७ बर्षीय रत्नबहादुर थापाले भन्नुभयो, ‘सरकारी जग्गा भनेर जान्दाजान्दै पनि भू–माफियाहरू आएर आफूखुसी घर बनाउँदै किन÷बेच गरिरहेका छन् ।