भक्तपुरमा सेनाका जमदारले जबरजस्ती गर्न खोजेपछि

290

साउन ५,
भक्तपुर । असार २१ गते दिउँस भक्तपुरको सूर्यविनायक नगरपालिकामा वडा नम्बर ६ मा जमदार राजकुमार श्रेष्ठले कोठमा हेर्न घरमा आएकी महिलाई जबरजस्ती करणी गर्न खोजेको पीडित महिलाले प्रहरीमा दिएको जाहेरीमा उल्लेख गरेकी छन् । जबरजस्ती करणीको आरोप लागेका नेपाली सेनाका एक जना जमदारलाई कारवाहीको लागि सैनीक अदालत लान पाउनु पर्ने मागलाई भक्तपुर जिल्ला अदालतले इन्कार गरिदिएको छ । ललितपुर जिल्लाको लगनखेलमा रहेको सेनाको राजदल गणमा कार्यरत श्रेष्ठको अपराधर अनुसन्धान लगायतको सम्पूर्ण कार्य सेनाको कार्यक्षेत्रभित्र पर्ने भएकाले मुख्यालय पठाउन माग गरिएको थियो । सेनाको प्राड विभागबाट उपस्थित भएका अधिवक्ताहरुले सैनिक ऐन, २०६३ बमोजिम कारबाही हुने भन्दै मुख्यालय पठाउन माग गरेका थिए ।

पीडित महिलाको जाहेरी पछि भक्तपुर अदालतबाट पक्राउ पूर्जी लिएर महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले घटनाको थप अनुसन्धान गर्न सेनाका जमदार श्रेष्ठलाई नियन्त्रणमा लिएको थियो । पीडिले दिएको जाहेरीमा पहिलानै चिनजान भएका श्रेष्ठको निर्माणधिन घरमा आफ्नो आफन्तलाई कोठा चाहिए पुगेको अवस्थामा सोही घरका धनी श्रेष्ठले जबरजस्ती करणीको गर्न खाजेको कुरा उल्लेख छ । तर भक्तपुर जिल्ला अदालतमा साउन १ गते बुधबार भएको बहसमा न्यायाधीस ईश्वर पराजुलीले उक्त घटना जिल्ला अदालतको कार्यक्षेत्रभित्र पर्ने भन्दै आवश्यक अनुसन्धानका लागि म्याद थप गर्दै प्रहरीको हिरासतमा राख्न आदेश दिएको अदालतका तहसीलदार तथा सूचना अधिकारी सदन अधिकारीले जानकारी दिए ।

न्यायाधीस पराजुलीले दिएको आदेशमा भनिएको छ, प्रस्तुत अपराध करणीसंग सम्बन्धीत भएको र सैनीक ऐन, २०६३ को दफा ६६ ले बलात्कार सम्बन्धी मुद्दा सैनिक अदालतको क्षेत्राधिकार भित्र नपर्ने भनि स्पष्ट रुपमा उल्लेख गरेको अवस्था सो कसुरको उद्योगलाई छुट्टै अपराधको सुचिमा राखी ऐ.ऐ.को दफा ६४ बमोजिम कसुर भएको जिल्ला अदालतको क्षेत्राधिकार भित्र पर्दैन भनि अर्थ गर्न मिल्ने देखिएन् । अदालतको आदेशपछि श्रेष्ठलाई प्रहरीले श्रेष्ठलाई हिरासतमा राखी घटनाबारे थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।