समुन्द्री किनारामा साम्राज्ञीको बिकिनी अवतार तस्विरमा हेरौं

328

साउन २,

काठमाडौँ । पछिल्लो समय अभिनयमा भित्रिएका मध्य सबैभन्दा हिट अभिनेत्री हुन् साम्राज्ञी राज्यलक्ष्मी शाह । केही हिट र केही फ्लप फिल्म दिएकी साम्राज्ञी डिमान्डकी हिरोइन् पनि हुन् । साम्राज्ञी अहिले इन्डोनेशियाको बालीमा पुगेकी छिन् । इष्टाग्राममा केही नयाँ तस्बिर अपलोड गर्दै उनले आफू बाली रहेको जानकारी दिएकी हुन् ।

अशोक शर्माको निर्देशन रहेको फिल्म ‘रातो टिका निधारमा’ र नवल नेपालको निर्देशन रहेको फिल्म मारुनी भर्खर सकाएकी साम्राज्ञी अभिनयबाट मिलेको फुर्सद बिताउन बाली पुगेकी हुन् । बालीको एक समुन्द्री किनारमा उनले केही तस्बिरसमेत खिचाएकी छन् । उनले समुन्द्रको पानीमा चल्दै र खेल्दै गरेको तस्विरसमेत खिचाएकी छन् ।

हुन त विदेश पुगेको समय अभिनेत्री साम्राज्ञीलाई भिन्न अवतारमा देख्न पाइन्छ । फिल्म ‘कायरा’ सुटिङका लागि फिलिपिन्स पुगेको समय उनले गोप्य अंग नजिक ट्याटु लेखाएकी थिइन् । जु्यन टाटु भाइरल समेत भएको थियो । सोही कारणले उनले चर्चा र आलोना दुबै खेप्नु परेको थियो । -रातोपाटी