छोटो समयमै चर्चा बटुल्दै सुभद्रा ढुङ्गानाको तिज कोसेली ‘बारुले कम्मर’ले (भिडियो सहित)

560

साउन २,
काठमाडौं । गायिका सुभद्रा ढुङ्गाना र गायक रामहरि चौलागाईं को सुमधुर स्वरमा सजिएको तिज कोसेली बारुले कम्मर बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । विभिन्न गितहरुमा स्वर भरिसकेकी गायिका सुभद्रा ढुङ्गानाको यो म्युजिक भिडियो सार्वजनिक भएसंगै चर्चा बटुल्न थालेको छ । गीतको भिडियो :

 

उक्त गित लाई आलाप स्टुडियोको युटुब च्यानल मार्फत बुधबार बाट रिलिज गरिएको हो उक्त गितमा रामहरि चौलागाईकै लय शब्द रहेको छ भने झलक संगितमको संगित समायोजनमा गित निर्माण भएको छ । म्युजिक भिडियोलाई शंखर बि.सीले निर्देशन गरेका हुन । यस म्युजिक भिडियोमा शंखर बि.सी र दिपाशा बि.सी को अभिनय रहेको छ । दुर्गा पौडेलको छायांकन रहेको उक्त म्युजिक भिडियो लाई नवीन घर्ती मगरले सम्पादन गरेका हुन् ।

सानै देखि लोकगित संगित लाई माया गर्दै र्आएकी गायिका ढुङ्गानाले दिलको ढोका बोलको गित बाट आफ्नो संगिति यात्रा सुरु गर्नु भएको हो गायिका ढुङ्गाना ले अहिले सम्मा सबै क्षेत्रका गरेर आधा दर्जन भन्दा बढी गितमा स्वर भरिसकेकि छिन् । उनले आफ्नो पहिचान बोकेका नेपाली पन भएका नेपाली कला संस्कृति झल्कने गितहरु आफुलाई अझ बढी मन पर्ने र समयले साथ दिए अबका दिनहरुमा पनि गित संगितमा निरन्तरता दिने र जुनसुकै पनि राम्रा गित छन भने आफुले गर्ने पनि बताएकी छिन् ।