अस्ट्रेलियाका ३ वटा पत्रिकाविरुद्धको मुद्दामा ‘युनिभर्सल बोस’को जीत

130

एजेन्सी, असार ३१,
काठमाडौं । क्रिकेटका ‘युनिभर्सल बोस’का रुपमा चिनिने क्यारेबियन खेलाडी क्रिस गेलले अस्ट्रेलियाका ३ वटा पत्रिकाविरुद्ध दायर गरेको मानहानीको मुद्दामा ‘जीत हात पारेका’ छन् । अस्ट्रेलियाबाट प्रकाशित हुने ३ वटा पत्रिकाले आफूविरुद्ध झुटो समाचार लेखी मानहानी गरेको भन्दै गेलले गालीबेइज्जतिको मुद्दा दायर गरेका थिए । गेलले उक्त समाचारमा सत्यता नभएको भन्दै गाली वेइज्जती मुद्दा दर्ता गरेका थिए । जुन उनले जितेका छन् । तीनवटै पत्रिकाले गेललाई तिनुपर्ने भनिएको क्षतिपूर्तिको निर्णयविरुद्ध पुनरावेदन हालेका थिए । तर, अदालतले भने तीनवटै पत्रिकाको दावी अस्वीकार गर्दै गेलका पक्षमा फैसला सुनाएको छ ।

गेलले दायर गरेको मुद्दामा क्षतिपूर्तिवापत आफूले ३ लाख अस्ट्रेलियन डलर पाउनुपर्ने दावी गरेका थिए । सन् २०१५ मा सिड्नी मर्निङ हेरल्ड, द एज र ब्यान्बर टाइम्सले वेस्ट इन्डिजका विस्फोटक ब्याट्सम्यान गेल एक महिला मसाजकर्ताका अगाडि नाङ्गै बसेको दाबी गर्दै समाचार प्रकाशन गरेका थिए ।