प्रदेश २ का मन्त्रीहरुले एक महिनाको तलब बाढी पीडितलाई दिने

195
फाइल तस्विर

असार ३१,
जनकपुरधाम । अविरल वर्षा र बाढीले प्रभावित परिवारको राहतको लागि प्रदेश २ का मुख्यमन्त्रीदेखि राज्य मन्त्रीसम्मले एक महिनाको तलब दिने निर्णय भएको छ । मन्त्री परिषदको आज बसेको बैठकले राहत , उद्धार तथा पुनः स्थापनालाई तीब्र बनाउने निर्णय गर्दै एक महिना बराबरको तलब राहत कार्यमा लगाउने निर्णय गरेको हो ।

प्रदेश सरकारले यस अघि राहत वितरणका लागि प्रत्येक जिल्लालाई पठाएको १० लाख रकमको अनुगमन समेत सोही समितिले गर्ने छन् । प्रदेश सरकारले यस अघि नै बाढीबाट मृत्यु हुनेको परिवारलाई ३ लाख राहत उपलब्ध गराउने निर्णय गरिसकेको छ ।

यसका साथै मन्त्री परिषदले साउन १ गतेदेखि प्रदेशका सबै मन्त्री, राज्यमन्त्री र प्रदेशसभा सदस्यहरुलाई आ–आफनो क्षेत्रमा गई राहत कार्यमा जुटन आग्रह गरेको छ । बाढीले प्रभावित परिवारहरुलाई राहत कार्यमा कुनै कमी हुन नदिन प्रदेशका प्रमुख सचिव दिपक सुवेदीको संयोजकत्वमा सबै मन्त्रालयका सचिव रहने गरि राहत आपूर्ति तथा अनुगमन समिति समेत गठन गरेको छ । उक्त समितिले राहतका लागि आवश्यक सामग्रीको आपूर्ति सहित अनुगनम र निरीक्षण समेत गर्ने छन् ।