असार ३०,
काठमाडौं । बलिउडका दुई एक्सन सुपरस्टार ऋतिक रोशन र टाइगर श्राफ स्टारर फिल्म ‘वार’ को अफिसियल टीजर सार्वजनिक भएको छ । ‘टू हिरोज वान वार’ को ट्यागलाइनसहित निर्माण कम्पनी यशराज फिल्म्सले सार्वजनिक गरेको हो । दुईसँगै टीजरको एक दृश्यमा अभिनेत्री वाणी कपूर पनि देखिएकी छन् ।
यो फिल्म आगामी २ अक्टूबर अर्थात् असोज १५ गते प्रदर्शनमा आउँदैछ । फिल्ममा हलिउडका दुई प्रख्यात एक्सन कोरियोग्राफीले एक्सन सिन डिजाइन गरेका छन् । यो फिल्म हिन्दीसँगै तमिल र तेलुगू भाषामा पनि रिलिज गरिनेछ । फिल्मको निर्माण आदित्य चोपडाले गरेका हुन् ।
टीजर हेर्नुहोस् :