असार २८,
काठमाडौं । केही दिनदेखि लगातार परेको पानीको कारणले देश धेरै स्थानमा सडक अवरुद्ध भएका छन् । कतिपय ठाउँमा त पहिरोले गर्दा सडक समयमा नै नखुल्न सक्दैन् । पुल बगाएको ठाउँ बैकल्पिक व्यवस्था नभएसम्म यात्रा सहज हुदैंन । त्यसलै तपाँई कहाँ यात्रा गर्दै हुनुहुन्छ, त्यो ठाउँको सडक अवस्थाबारे बुझन् नेपाल प्रहरीको हटलाईन १०० वा ट्राफिक प्रहरीको १०३ नम्बरमा फोन गरेर बुझ्न सक्नु हुनेछ । वा सम्बन्धीत जिल्ला प्रहरी कार्यालयको नम्बरमा समेत फोन गर्न सकिन्छ । सम्बन्धीत जिल्ला प्रहरी कार्यालयको नम्बर प्राप्त गर्न नेपाल टेलिकमको मोबाइल बाट १९७मा डायल गरेर नम्बर लिन सकिन्छ ।