बाढीले भब्सी खोलाको पुल बगायो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

211

अन्नपूर्ण पोष्ट
असार २८,
महोत्तरी । पूर्वपश्चिम राजमार्ग अन्तरगत महोत्तरीको भब्सी खोलाको पुल बाढीले बगाएपछि यातायात अवरुद्ध भएको छ । लगातारको वर्षाको कारण भब्सी पुल बगाएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको हो । शुक्रबार राती करिब १२ बजे बाढीले पुल बगाएको इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी निसन थापाले जानकारी दिए । राजमार्ग अवरुद्ध भएपछि यात्रुहरु अलपत्र परेका छन् ।